Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

जिप दुर्घटना, १९ यात्रु घाइते

सुर्खेत

सुर्खेतमा सोमबार जीप दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। काफलकोटबाट बाखर्क आउँदै गरेको लु २ च १९०९ नम्बरको जिप सिम्ता गाउँपालिका वडा न २ को दुरपालमा दुर्घटना हुदा १९ जना घाइते भएका छन्।

accident_nepal_samaya_durghatna.jpg

घाइते मध्ये दैलेख गुराँस गाउँपालिकाकी निर्मला खडका, सुर्खेत सिम्ता गाउपालिका वडा न २ का अशोक सिह र सोही ठाउका तिलक बुढा र जिप चालक गुर्भाकोट नगरपालिका ४ सहारे दिनेश विक लगायत रहेका छन्।

ईलाका प्रहरी कार्यालय वादेपिपलका प्रहरी चौकी इन्चार्ज दामोदर अधिकारीले  दिएको जानकारी अनुसार घाइते सबैको सल्यानको सल्लीबजारमा उपचार भैरहेको छ।