सहकारी तिज गीत प्रतियोगिता सम्पन्न
सुर्खेत २४ भाद्र ।
श्री गणेशजल बहुउदेश्यीय सहकारी संस्था लि. सुर्खेतले तिजलाई लक्षित गरी दोस्रो ‘मौलिक सहकारी तिज गीत प्रतियोगिता’ सम्पन्न गरेको छ । शनिवार वीरेन्द्रनगर १६ भिउचुलामा सम्पन्न सो प्रतियोगितामा गणेशजले संचालन गरेका विभिन्न कार्यक्रममा आवद्ध रहेका २८ वटा समुह मध्ये ७ वटा समुहले भाग लिएका थिए ।

जस मध्ये ७ वटा समुहलाई लाई पछि पार्दै वुबैराखे गणेशजल महिला विकास केन्द्र वीरेन्द्रनगर १५ केन्द्र नं. २४ ले प्रथम स्थान हांसिल गरेको छ, भने देवीस्थान गणेशजल महिला विकास केन्द्र नं.४९ दोस्रो र नवसिर्जनशिल गणेशजल महिला विकास केन्द्र नं. ५० ले तेस्रो स्थान हांसिल गरे ।

उक्त प्रतियोगीतामा प्रथम हुने समुहलाइ ५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र, द्धितीय हुनेलाई ३ हजार ५ सय ५५ र प्रमाणपत्र, तृतीय हुनेलाई २ हजार ५ सय ५५ रुपैयां र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको यस संस्थाका लेखा संयोजक यृवराज पौड्ेलले जानकारी दिए ।
त्यसैगरी अनुशासन तर्फ सरस्वती गणेशजल महिला विकास वीनपा १५ केन्द्र नं. २३ रु.१ हजार १ सय ११ रुपैया र प्रमाणपत्र प्राप्त गरे ।
वाद्यवादक तर्फ गर्पन गणेशजल महिला विकास केन्द्र वीनपा १६ केन्द्र नं.६७ रु. ५ सय ५५ रुपैया र प्रमाणपत्र प्राप्त गरे ।
सान्तोना खर्क गणेशजल महिला विकास केन्द्र वीनपा १६ केन्द्र नं. ५१ रु ५ सय रुपैया र प्रमाणपत्र प्राप्त गरे ।
यस संस्थाले ल्याएका परिवर्तन र गरेका कार्यलाई मौलिक तिज गीतको माध्यावाट संरक्षण गर्ने उदेश्यले आयोजित सो कार्यक्रममा यस संस्थालाई सहयोग गर्ने उत्कृठ ३७ जना शेयर सदस्यलाई सम्मान गरिएको संस्थाका सचिव अशोब राजिले बताए ।
साथै यस संस्थाका कानुनी सल्लाहकार राम वावु विसीले सुर्खेत जिल्लामा गणेशजलले विभिन्न समयमा अनुकुल मिलाएर शिक्षा, स्वास्थ्य र विभिन्न सामाजिक उत्तरदायित्वका काम गरेको बताए । साथै एक फरक प्रशंगमा विसीले गणेशजल अहिले सवैको प्रिय भएर उदाएकाले ढुक्क भएर सदस्य बन्न र स्वारोजगार बन्न शेयर सदस्यलाई आग्रह गरे ।
कार्यक्रमका प्रमुख अथिति वीरेन्द्रनगर १६ का वडा सदस्य डम्वर लामिछाने ले सहकारी धेरे भएर सदस्यलाई सास्ति खेप्नु परेकाले अव सहकारी सचालक र शेयर सदस्य अव गम्भीर भएर एउटै संस्था रोज्नु पर्ने समय आएको गम्भीर भएर लाग्ने अवस्था आएको बताए ।
कार्यक्रममा मन्तव्यका क्रममा संस्थाका अध्यक्ष प्रेमकुमार वि.सी ले सहकारीले सिप र क्षमता भएका यृवालाई व्यवसायिक तालिम प्रदान गरी स्वरोजगारी प्रदान गर्न सहकारी लागि परेको बताए जिकिर गरे ।
सुर्खेत अव कर्णाली प्रदेशको राजधानि भैसकेकाले अव सवै राजधानि वासी शेयर सदस्यहरुलाई नयां पन र नयां उदेश्यका साथ काम गरेको अनुभुति दिलाउने गरी काम गरिरहेकाले बताए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष पुर्ण बहादुर शाहि, व्यवस्थापक रंगा सिह, कर्मचारी भगवती शाही, कल्पना थापा, थमन देवकोटा, रमेश वि.सी गरी लगायतको उपस्थिती थियो ।
संस्थाले भाद्र १६ गते वीरेन्द्रनगर व्यालिका सदस्यका लागि तिज विशेष कार्यक्रस सम्पन्न गरिसकेको छ भने यो तिज प्रतियोगिता कार्यक्रम वीरेन्द्रनगर १६ भिउचुलामा शनिवार सम्पन्न भएको हो ।






