Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

बिकृति र बिसंगती बिरुद्ध तिज गित प्रतियोगिता

कृष्ण प्रसाद अधिकारी
भाद्र  २६ दुल्लु दैलेख

दैलेखको दुल्ल नगरपालिका वडा न. ७ को पाटाङ्गानीमा रेडियो दुल्लु र शहिद पुर्ण स्मृति प्रतिष्ठानको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा तिजगित प्रतियो गिता सम्पन्न भएको छ ।

समाजमा रहेका हरेक बिकृति र बिसंगति बिरुद्ध गितको माध्याम बनाएर सबैलाइ बिकृति र बिसंगगि बारेमा सन्देस दिने तथा यसको अन्त्य गर्नमा सबैको पहुज पु¥याउने उद्देश्यले एक दिने तिज गित प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

तिज गित प्रतियोगितामा स्वागत मन्तब्य दिदै नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि धनश्याम भण्डारीले समाजमा भएका कुपर्था, कुस्कार, कुरिति, किकृति र बिसंगतिलाई चिरफार गदै सब्य समाज बनाउन दुल्लु नगरपालिका लागी रहेको र यस्था समाजमा रहेका समस्यालाई गित नाटक र अन्य यस्तै बिधाबाट जनचेतना जगाउनु पर्ने कुरा बताउँनु भएको थियो। यस्तै कार्यक्रमा रेडियो दुल्लु एफ.एम १०१.५ मेगाहर्ज दुल्लको अध्यक्ष सिता रानाले पहिलेका तिज गित र हरिलेका तिज गित फरक भएपनि अहिलेको समयमा समाजमा विद्यमान विकृति विसंगतीका विरुद्धमा लाग्न र त्यसको न्युनिकरणको लागी यस्ता जनचेतनामुलक कार्यक्रमहरु गर्नेगरेको बताउनुभयो ।
कार्यक्रमको अवसरमा संक्षिप्त प्रतिक्रिया दिदैै शहिद पुर्ण स्मृति प्रतिस्ठान दैलेखका अध्यक्ष रत्न शाहिले तिजको पुर्वसन्ध्यामा गरिएको तिजगित प्रतियोगिताले महिलाहरुमा हुने सामाजिक विकृति विसंगति न्युनिकरण नै यस प्रतियोगिताको मुलउद्धेश्य रहेको बताउनु भयो ।
करिब २०० जनाको सहभागिता रहेको कार्यक्रममा जम्मा १२ वटा प्रतिस्पर्धी टिमहरु उपस्थीत भएकोमा बिजया माविको जिया समुह प्रथम, हरीयाली आमा समुह दितिय, बरपिपल आमा समुह तृतिय र देउती बाल शुलर्भ क्लवले सान्तोना स्थान हासिल गरेका छन् । यीनिहरु सबैलाई आर्कषक पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।