Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

काठमाडौं-मालारानी रुटमा क्राँक्रेबिहार डिलक्स बस

२८ भदौ, काठमाडौं ।

क्राँक्रेबिहार यातायात व्यवसायी संघले दशैंको अवसर पारेर ४ वटा नयाँ डिलक्स बस सञ्चालनमा ल्याएको छ । काठमाडौंबाट सुर्खेतको मालारानीसम्म चल्ने ४ वटा बस सञ्चालनमा ल्याइएको हो ।

सम्बन्धित छवि

 

संघका सचिव रमेश सापकोटाका अनुसार काठमाडौं छिन्चु हुँदै मालारानीसम्म चल्ने बस अत्याधुनिक, सुविधायुक्त र आरामदायी छ । संघले वर्षैपिच्छे नयाँ बस थप्दै आएको र यसवर्ष पनि दशैंमा यात्रुको सुविधालाई ध्यानमा राखेर डिलक्स बस सञ्चालनमा ल्याएको सापकोटाले बताए ।

 

‘सो क्षेत्रसम्म पुग्न अहिलेसम्म डिलक्स बस थिएनन्, अब त्यहाँका स्थानीयले काठमाडौंसम्मको यात्र आरामदायी बसमा गर्न पाउनेछन्,’ उनले भने ।

नयाँ सञ्चालनमा आएका बस मालारानीबाट दिउँसो साढे एक बजे छुट्ने छ भने काठडमाडौंबाट सबा ४ बजे मालारानीका लागि छुट्नेछ । सेवा असोज १ गतेदेखि नै सुरु हुनेछ ।

संघले भष्यिमा पनि यात्रुको सुविधालाई ध्यानमा राखेर बस थप्दै जाने योजना बनाएको छ ।