चलचित्र एकदिनको टेर्लर सार्वजनिक
श्रीनाथ फिल्मस् को ब्यानरमा निर्माण भएको कर्णाली प्रदेशकै पहिलो चलचित्र एक दिनको टेलर सार्वजनिक गरिएको छ । चलचित्रमा प्रेम शर्मा, गणेशभक्त गौतम, याम नारायण आचार्य,खम्बराज गिरी,प्रेमदेब गिरी, चिन्तामणि कडेल, धर्म नेपाली, दिपेन्द्र बलि, सिता पंगाली, खुमलाल आचार्य, प्रकाश पौडेल,ललित बहादुर कसेरा, सबिता राणा, प्रमोद हमाल, टिकाराम रावल को अभिनय रहेको छ । चलचित्र मेहेनत र सोचेको अनुसार नै बनेको चलचित्र का लेखक तथा निर्देशक निर्मल प्याकुरेल ले बताए ।

चलचित्र को कुल लागत२५ लाख रहेको र चलचित्र को रिलिज मिती अहिले नतोकिएता पनि छिटै नै राम्रो डेट तोकेर अल नेपाल रिलिज गरिने साथै
सम्पुर्ण डिजिटल राईट बुढासुब्बा म्युजिक प्रा.ली लाई दिईएको चलचित्र का निर्माता प्रेम शर्माले बताए । कर्णली प्रदेशमै पहिलो पटक बनेको यो चलचित्रको सम्पुर्ण काम हरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमै भएको छ । प्रदेशको कला संस्कृती जर्गेना संरक्षण र प्रबधन का लगी प्रदेश सरकारले चलचित्र, गित संगित संबन्धी संध–संस्था हरु प्रदेशमै छिटो भन्दा छिटो ल्याउनु पर्ने आबश्यक रहेको श्रीनाथ फिल्म्स का अध्यक्ष जगत प्याकुरेलले बताउनु भयो ।
भिडियो लिक






