Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

एकद्धार प्रणालीबाट खसी–बोकाहरु बिक्रि बितरण गर्नुपर्ने

सुर्खेत,३१ भदौ ।

एकद्धार प्रणालीबाट खसी–बोकाहरु बिक्रि बितरण गर्नू पर्ने कुरामा आज भेरीगंगा नगरपालिका वडा नं।९मा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले औल्याएका छन् ।

हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित पशु बस्तुको मूल्य श्रृखलामा आधारित साना किसानहरुको संस्था सबलिकरण परियोजनाको आईतवार परियोजना लागु भएको साविकको मैनतडा गाविस हाल भेरीगंगा नगरपालिका वडा नं।६ र ९ मा अवस्थीत सफल समाजिक उधमी महिला सहकारी संस्था, त्रिवेणी समाजिक उधमी महिला सहकारी संस्था, खसी व्यवसायी , व्यवसायीक कृषकहरु र वडाका जनप्रतिनिधिहरु बिच बाख्राको बजार प्रबद्र्धनका लागी आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएका व्यवसायी कृषकहरु र खसी व्यवसायीहरुले उक्त कुरामा जोड दिएका हुन् ।

बिशेष गरी नेपालीहरुको महान पर्व बिजय दशमी र शुभ दिपावलीलाई लक्षित गरी हरेक बर्ष खसी व्ययसायीहरुले निर्धारण गरेको बजार भाउमा बिक्री बितरण गर्दा कृषहरु प्रत्येक्ष मारमा पर्ने भएको हुदा यस बर्ष देखि सहकारीमा आबद्ध भएका सदस्यहरुले खसी बिक्री गर्दा एकद्धार प्रणाली अन्तरर्गत सहकारी मार्फत नै खसिहरु तौल गरी व्यवसायीहरुलाई बिक्रि गर्ने निर्णय समेत गरेका थिए ।

यसरी आज सम्पन्न अन्तरक्रिया कार्यक्रममा गरिएको निर्णलाई लागु गर्न सकियो भने बजारमा हुने गरेको फरक मूल्य बृद्धिमा एकरुपता आउनुका साथै र कृषकहरु पनि प्रत्येक्ष लाभाविन्त हुने जानकारी परियोजनाका कार्यक्रम संयोजक पदमबहादुर दलामीले बताउनु भयो ।

कार्यक्रममा वडां।८का वडा अध्यक्ष पदमबहादुर खत्रिले सहकारी मार्फत खसीहरु तौल गरी बिक्रि बितरण गर्ने कार्यलाई स्वागत गर्दै स्थानिय सरकारले गर्नु पर्ने काम संस्थाले शुरुवात गरिदिएकोमा संस्थालाई धन्यवाद दिदै आगामि दिनहरुमा यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

त्रिवेणी सहकारी संस्थाकी अध्यक्ष छविकला वुढको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्मा, वडा नं०६ देखि ०९ सम्मका कृषक र खसी व्यवसायीहरुको सहभागिता रहको थियो भने आज भएको कार्यक्रममा सहभागी कृषक र खसी व्यवसायीहरुले आगामी दिनमा खसी बिक्रि बितरण गर्दा २० देखि २५ केजी सम्मका खसीलाई रु ३ सय ५०, २५ देखि ३० केजी सम्मका लाई ३५५ , ३० देखि ३५ केजी सम्मकालाई ३६०रुपैया ,३५केजी देखि ४० केजी सम्मकालाई ३७० र सो भन्दा माथी तौलका खसीलाई रु ३८० रुपैया कायम गरेका थिए ।