सुर्खेतका २ सय ३० वटा उप–आयोजना स्थानीयतहलाई हस्तान्तरण
सुर्खेत, २ असोज ।
उच्च मुल्यकृषि बस्तु विकास आयोजनाले आफुले संचालन गरी सम्पन्न गरेका सुर्खेतका २ सय ३० वटा उप–आयोजनाहरु सम्वन्धीत स्थानीयतहलाई हस्तान्तरण गरेको छ । मंगलबार वीरेन्द्रनगरमा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह÷सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनाहरु स्थानीयतहलाई हस्तान्तरण गरेको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले सुर्खेतका ९ वटा स्थानीयतहलाई विस्तृत विवरणसहित उप–आयोजनाहरु हस्तान्तरण गर्नु भएको छ । उहाँले बीरेन्द्रनगर नगरपालिकालाई ४६, गुर्भाकोट नगरपालिकालाई ३८, भेरीगंगा नगरपालिकालाई २८, पञ्चपुरी नगरपालिकालाई २५, लेकवेसी नगरपालिकालाई २३ वटा उप आयोजना हस्तान्तरण गर्नु भएको छ । यस्तै बराहताल गाउँपालिकालाई ३५ वटा, सिम्ता गाउँपालिकालाई ९ वटा, चिंगाड गाउँपालिकालाई २३ र चौकुने गाउँपालकालाई ३ गाउँपालिकालाई एउटा उप–आयोजना पनि हस्तान्तरण भएको छ हस्तान्तरण गरिएका उप–आयोजनामा बेमौसमी तरकारीका ७५, खसीबोकाका ६४, बेसारका २४, अदुवा ४३, तरकारी बीउ ११, टिमुरका ७ र व्यवसायी सेवाका ६ वटा रहेका छन ।
गोष्ठीमा आयोजना प्रमुख भारीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सुर्खेतका किसानलाई ३० करोड २९ लाख ५३ हजार रुपैया अनुदान सहयोग गरेको जानकारी दिनुभयो । उहाँले खसीबोका, बेमौसमी तरकारी, तरकारी बीउ, अदुवा, बेसार मुल्य श्रृंखलामा अनुदान पाए पछि लाभग्राही किसानहरुले पनि आफ्नो तर्फबाट २२ करोड ४० लाख ९१ ह्जार रुपौया लगानी गरेको बताउँनु भयो । आयोजनाले सहकार्य गरेका ३ सय ३० वटा उप–आयोजनामा आवद्ध ५ हजार ४ सय ५ घरधुरी किसानको आयस्तर बृद्धिमा सहयोग पुगेको छ । आयोजनाको सहयोगपछि किसानको आम्दानीसगसँगै कृषिजन्य वस्तुको उत्पादन र विक्री परिमाणमा पनि उल्लेख बृद्धि भएको छ । आयोजनाले सहयोग गरेका किसानको आधार वर्षको आम्दानीमा ८ गुणाले बृद्धि भएको छ । आधार वर्षमा प्रति घरधुरी ४ हजार ४ सय ४५ रुपैया रहेको रहेकोमा आयोजना सम्पन्न हुँदा आम्दानी बढेर ४० हजार २ सय ७१ रुपैया पुगेको उहाँले बताउनु भयो । आयोजनाको सहयोगपछि किसान आधार वर्षको तुलनामा ३५ हजार ८ सय २६ रुपैया थप आम्दानी गर्न सफल भएका छन ।
मुल्य श्रृखलागत रुपमा भन्दा आधार वर्षको तुलनामा अदुवामा १२ हजार ७, खसीबोकामा ६१ ह्जार २ सय १, बेमौसमी तरकारीमा ३६ हजार ३ सय ९३, टिमुरमा ५४ हजार ५ सय ३४, बेसारमा ५४ हजार ६ सय ४६ र तरकारी वीउमा १३ हजार १ सय ४९ आम्दानी गर्न किसान सफल भएको पाइएको छ । आयस्तर बृद्धिसगै किसानले उत्पादनमा पनि बढाएका छन । आधार वर्षमा १ हजार १२ मेट्रिक टन रहेको उत्पादन आयोजना सम्पन्न हुँदा बढेर ३ हजार ७ सय ५९ मेट्रिक टन पुगेको छ । यस्तै उत्पादनसगै बिक्री परिमाण पनि बढेको छ । आधार वर्षमा प्रतिवर्ष ९ सय ९ मेट्रिक टन रहेको विक्री परिमाण बढेर आयोजना सम्पन्न हुँदा३ हजार ३ सय ६५ मेट्रिक टन पुगेको छ । आयोजनाले अनुदान सहयोग गरेका किसानमध्ये ५८ प्रतिशत महिला र ४२ प्रतिशत रहेका छन । आयोजनाले ९० प्रतिशत गरिव परिवार र ४४ प्रतिशत दलित र जनजाति परिवारलाई समेटेको पनि आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताउनु भयो ।

गोष्ठीमा नयाँ राम बयक, गणेश रोकाय, डम्वर राना, हर्कबहादुर खत्री, पुजासिह र सुरेन्द्र शाहीले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहका सदस्यहरुमा आएको परिवर्तन सम्वन्धी अनुभव तथा सिकाई सुनाउनु भएको थियो भने आयोजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा उपआयोजनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा आयोजनाले तयार पारेको बेमौसमी तरकारी र टिमुर मूल्यश्रृंखला सम्वन्धी बृतचित्रपनि देखाइएको थियो । आयोजनाल सुर्खेतमा तरकारी बजार, संकलन केन्द्र, सिचाई कुलो, पोखरी, बाख्राका खोर, झोलुंगे पुल, कल्र्भड गरी १ हजार ४ सय ८७पूर्वाधार निर्माण गरेको छ ।

‘आयोजना सम्पन्न गोष्ठी’ मा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, बीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, लेकवेसी नगरपालिकाका प्रमुख गगनसिं सुनार, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले आयोजनाले सुर्खेतका विपन्न किसानको जीवनस्तर सुधार ल्याउन महत्वपूर्ण योगदानदिएको भन्दै आयोजनाको प्रशंसा गर्नु भएको छ । उहाँहरुले आगामी दिनमा नयाँ आयोजनासंग समन्वय गरेर काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
‘आयोजना सम्पन्नगोष्ठी’ को समापन गदै उच्चमूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल बनाउन सहयोग गर्ने किसान, समुह÷सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, सरकोकालवाला निकाय, संचार माध्यम प्रति हार्दिक आभार प्रकट गदै आगामी दिनमा पनि रचनात्मक सहयोग र साथको अपेक्षाव्यक्त गर्नुभयो ।
उच्च मूल्यकषि वस्तु विकास अयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी सम्मानिति हुनु भएको छ । कर्णाली प्रदेशमा किसानलाई टिमुर खेतीतर्फ आर्कषित गर्न टिमुरको नर्सरी स्थापना गर्न र उत्पादित टिमुरलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउन योगदान सहयोग गरेको भन्दै भैरव सामुदायिक बन उपभोक्ता समुहले सम्मान गरेको हो ।
आयोजना प्रमुख भारीलाई जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले दोसल्ला ओडाएर सम्मान गनु भएको छ । उहाँले सुर्खेती जनताको तर्फबाट सम्मानपत्र, मायाको चिनो समेत प्रदान गर्नु भएको छ ।







