Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

सुर्खेतका २ सय ३० वटा उप–आयोजना स्थानीयतहलाई हस्तान्तरण

सुर्खेत, २ असोज ।
उच्च मुल्यकृषि बस्तु विकास आयोजनाले आफुले संचालन गरी सम्पन्न गरेका सुर्खेतका २ सय ३० वटा उप–आयोजनाहरु सम्वन्धीत स्थानीयतहलाई हस्तान्तरण गरेको छ । मंगलबार वीरेन्द्रनगरमा भएको ‘आयोजना सम्पन्न गोष्ठी’ मा कृषक समुह÷सहकारी संस्था र निजी सेवा प्रदायकहरुले संचालन गरी सम्पन्न गरेका उप–आयोजनाहरु स्थानीयतहलाई हस्तान्तरण गरेको हो । आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले सुर्खेतका ९ वटा स्थानीयतहलाई विस्तृत विवरणसहित उप–आयोजनाहरु हस्तान्तरण गर्नु भएको छ । उहाँले बीरेन्द्रनगर नगरपालिकालाई ४६, गुर्भाकोट नगरपालिकालाई ३८, भेरीगंगा नगरपालिकालाई २८, पञ्चपुरी नगरपालिकालाई २५, लेकवेसी नगरपालिकालाई २३ वटा उप आयोजना हस्तान्तरण गर्नु भएको छ । यस्तै बराहताल गाउँपालिकालाई ३५ वटा, सिम्ता गाउँपालिकालाई ९ वटा, चिंगाड गाउँपालिकालाई २३ र चौकुने गाउँपालकालाई ३ गाउँपालिकालाई एउटा उप–आयोजना पनि हस्तान्तरण भएको छ  हस्तान्तरण गरिएका उप–आयोजनामा बेमौसमी तरकारीका ७५, खसीबोकाका ६४, बेसारका २४, अदुवा ४३, तरकारी बीउ ११, टिमुरका ७ र व्यवसायी सेवाका ६ वटा रहेका छन ।

गोष्ठीमा आयोजना प्रमुख भारीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले सुर्खेतका किसानलाई ३० करोड २९ लाख ५३ हजार रुपैया अनुदान सहयोग गरेको जानकारी दिनुभयो । उहाँले खसीबोका, बेमौसमी तरकारी, तरकारी बीउ, अदुवा, बेसार मुल्य श्रृंखलामा अनुदान पाए पछि लाभग्राही किसानहरुले पनि आफ्नो तर्फबाट २२ करोड ४० लाख ९१ ह्जार रुपौया लगानी गरेको बताउँनु भयो । आयोजनाले सहकार्य गरेका ३ सय ३० वटा उप–आयोजनामा आवद्ध ५ हजार ४ सय ५ घरधुरी किसानको आयस्तर बृद्धिमा सहयोग पुगेको छ । आयोजनाको सहयोगपछि किसानको आम्दानीसगसँगै कृषिजन्य वस्तुको उत्पादन र विक्री परिमाणमा पनि उल्लेख बृद्धि भएको छ । आयोजनाले सहयोग गरेका किसानको आधार वर्षको आम्दानीमा ८ गुणाले बृद्धि भएको छ । आधार वर्षमा प्रति घरधुरी ४ हजार ४ सय ४५ रुपैया रहेको रहेकोमा आयोजना सम्पन्न हुँदा आम्दानी बढेर ४० हजार २ सय ७१ रुपैया पुगेको उहाँले बताउनु भयो । आयोजनाको सहयोगपछि किसान आधार वर्षको तुलनामा ३५ हजार ८ सय २६ रुपैया थप आम्दानी गर्न सफल भएका छन ।

मुल्य श्रृखलागत रुपमा भन्दा आधार वर्षको तुलनामा अदुवामा १२ हजार ७, खसीबोकामा ६१ ह्जार २ सय १, बेमौसमी तरकारीमा ३६ हजार ३ सय ९३, टिमुरमा ५४ हजार ५ सय ३४, बेसारमा ५४ हजार ६ सय ४६ र तरकारी वीउमा १३ हजार १ सय ४९ आम्दानी गर्न किसान सफल भएको पाइएको छ । आयस्तर बृद्धिसगै किसानले उत्पादनमा पनि बढाएका छन । आधार वर्षमा १ हजार १२ मेट्रिक टन रहेको उत्पादन आयोजना सम्पन्न हुँदा बढेर ३ हजार ७ सय ५९ मेट्रिक टन पुगेको छ । यस्तै उत्पादनसगै बिक्री परिमाण पनि बढेको छ । आधार वर्षमा प्रतिवर्ष ९ सय ९ मेट्रिक टन रहेको विक्री परिमाण बढेर आयोजना सम्पन्न हुँदा३ हजार ३ सय ६५ मेट्रिक टन पुगेको छ । आयोजनाले अनुदान सहयोग गरेका किसानमध्ये ५८ प्रतिशत महिला र ४२ प्रतिशत रहेका छन । आयोजनाले ९० प्रतिशत गरिव परिवार र ४४ प्रतिशत दलित र जनजाति परिवारलाई समेटेको पनि आयोजना प्रमुख राजेन्द्रप्रसाद भारीले बताउनु भयो ।

Image may contain: 3 people, people standing
गोष्ठीमा नयाँ राम बयक, गणेश रोकाय, डम्वर राना, हर्कबहादुर खत्री, पुजासिह र सुरेन्द्र शाहीले आयोजनाको सहयोगपछि आफु र आफ्नो समुहका सदस्यहरुमा आएको परिवर्तन सम्वन्धी अनुभव तथा सिकाई सुनाउनु भएको थियो भने आयोजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा उपआयोजनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा आयोजनाले तयार पारेको बेमौसमी तरकारी र टिमुर मूल्यश्रृंखला सम्वन्धी बृतचित्रपनि देखाइएको थियो । आयोजनाल सुर्खेतमा तरकारी बजार, संकलन केन्द्र, सिचाई कुलो, पोखरी, बाख्राका खोर, झोलुंगे पुल, कल्र्भड गरी १ हजार ४ सय ८७पूर्वाधार निर्माण गरेको छ ।

Image may contain: one or more people

‘आयोजना सम्पन्न गोष्ठी’ मा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, बीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, लेकवेसी नगरपालिकाका प्रमुख गगनसिं सुनार, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले आयोजनाले सुर्खेतका विपन्न किसानको जीवनस्तर सुधार ल्याउन महत्वपूर्ण योगदानदिएको भन्दै आयोजनाको प्रशंसा गर्नु भएको छ । उहाँहरुले आगामी दिनमा नयाँ आयोजनासंग समन्वय गरेर काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

‘आयोजना सम्पन्नगोष्ठी’ को समापन गदै उच्चमूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले आयोजनालाई सफल बनाउन सहयोग गर्ने किसान, समुह÷सहकारी, सरकारी तथा गैरसरकारी संघसंस्था, सरकोकालवाला निकाय, संचार माध्यम प्रति हार्दिक आभार प्रकट गदै आगामी दिनमा पनि रचनात्मक सहयोग र साथको अपेक्षाव्यक्त गर्नुभयो ।
उच्च मूल्यकषि वस्तु विकास अयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारी सम्मानिति हुनु भएको छ । कर्णाली प्रदेशमा किसानलाई टिमुर खेतीतर्फ आर्कषित गर्न टिमुरको नर्सरी स्थापना गर्न र उत्पादित टिमुरलाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउन योगदान सहयोग गरेको भन्दै भैरव सामुदायिक बन उपभोक्ता समुहले सम्मान गरेको हो ।

आयोजना प्रमुख भारीलाई जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले दोसल्ला ओडाएर सम्मान गनु भएको छ । उहाँले सुर्खेती जनताको तर्फबाट सम्मानपत्र, मायाको चिनो समेत प्रदान गर्नु भएको छ ।