Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

कर्णाली प्रदेशमा धुमधामले मनाइयो संविधान दिवस

सुर्खेत

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । २०७२ साल साउन तीन गते तत्कालिन संविधानसभाबाट संविधान जारी भएको सम्झनामा आजको दिनलाई संविधान दिवसको रुपमा मनाइने गरिएको छ  ।

संविधान दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायत अन्य मन्त्रीहरू, प्रदेश सांसद, राजनीतिक दलका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विद्यार्थीलगायत विभिन्न पेशा व्यवसायका व्यक्तिहरूको उपस्थिति रहेको छ ।
समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघ/संस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही संयोजक रहेको संविधान दिवस मूल समारोह समितिमा उनी भने उपस्थित हुन सकेनन् । आजै चिन भ्रमणमा जाने कार्यतालिका भएकाले मुख्यमन्त्री उपस्थित नभएका हुन् ।