अशोक लेलेण्ड गाडीको सबै सुविधा सुर्खेतमा
सुर्खेत
आइएमइ मोटर्सले लेलेण्ड ब्राण्डका गाडिको बिक्रीदेखि सर्भिससम्म सबै सुविधाहरु सुर्खेतबाटै दिने भएको छ । सुर्खेतमा आयोजित ग्राहक सम्मेलनमा अशोक लेलेण्डका गाडिहरुको बारेमा जानकारी दिँदै प्रभात बिक्रम बिष्टले यस्तो बताउनु भएको हो ।

उहाँले यस ब्राण्डका गाडिबाट हुने फाइदाहरुको बारेमा समेत चर्चा गर्नु भएको थियो । सरकारलाई तिर्नु पर्ने कर र गाडिले दिने इन्धन खपतको बारेमा चर्चा गर्दै उहाँले भन्नुभयो, पाँच वर्ष गाडि चलाउँदा ९ लाख बराबरको इन्धन बचत गर्ने ब्राण्ड भएकोले पनि पछिल्लो समय यो ब्राण्ड रोजाईमा पर्न सफल भएको हो । कार्यक्रममा यस ब्राण्डका गाडि चलाइरहेका ग्राहकले पनि आ–आफ्नो अनुभव साटासाट गरेका थिए भने उनीहरु गाडिदेखि सन्तुष्ट रहेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा गाडिका स्पायर पार्टहरु पाइने स्थानहरु लगायत यसका विशेषताहरुको बारेमा चर्चा गरिएको थियो ।






