Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

२१ तोला सुनसहित १ जना पक्राउ

सुर्खेत –

जिल्ला प्रहरी कार्यालय सुर्खेतले २१ तोला (७९ ग्राम) सुनसहित १ जनालाई वीरेन्द्रनगरमा पक्राउ गरेको छ । वीरेन्द्रनगरको सुब्बाकुना चेकपोस्टमा भे५प १८ नम्बरको मोटरसाइकलमा सवार बाँके उपमहानगरपालिका–१४ नेपालगञ्जको सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई ६ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष ब्यूरोले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।

उनका अनुसार प्रहरीको चेकजाँच गर्ने क्रममा उनी भाग्न थालेका थिए भने प्रहरीले उनलाई पिछा गर्दै समातेको हो । ‘चेकजाँच गर्न खोज्दा भागी जाने क्रममा उक्त चेक प्वाइन्टभन्दा अन्दाजी ३ सय मिटर पर पिछा गरी पक्राउ गरी खान तलासीको क्रममा निजबाट बरामद सुनका विभिन्न गरगहना अन्दाजी २१ टोला (७९ ग्राम) पठ्ठरसहित सुन पक्राउ गरेका हौं,’ प्रहरी नायव उपरीक्षक चौधरीले भने, ‘अहिले उनलाई आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पत्रसहित बुझाएका छौं ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरले म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।’ बरामद गरिएको सुन अन्दाजी १२ लाख रुपैयाँ बराबरको हुने अनुमान गरिएको छ ।