Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

म्याद सकिएको स्ववियूको तुक छैन : अनेरास्ववियू

सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा स्ववियूको म्याद सकिएकोले त्यसको कुनै तुक नभएको अनेरास्ववियूले बताएको छ । विश्वविद्यालयमा भएको तालाबन्दीको विरुद्धमा प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियूले यस्तो बताएको हो । तालाबन्दीले समस्याको समाधान नहुने अनेरास्ववियु सुर्खेतका अध्यक्ष धुपेन्द्र शाहीले क्वीकखबर डटकमसँग बताए । विज्ञप्तिमा भनिएको छ ः हामी मध्यपश्चिम बासीको लामो संघर्ष पश्चात स्थापित भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय हो भन्ने कुरा सर्वबिदितै छ । विश्वविद्यालयको स्थापनादेखि नै हामी देशका ठूला विद्यार्थी संगठनहरुले हरेक कुरामा सहयोग गर्दै आएका छौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पछिल्लो समयमा चल्दै आएको घटनाक्रमले हामीलाई अत्यन्तै दुखित तुल्याएको छ । विगतमा विद्यार्थीहरुका पक्षमा विद्यार्थीहरुका हक हित र अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा पनि मागहरु पूरा नभएपछि बाध्यात्मक रुपमा ताला लाग्दा ताला फुटाल्नको लागि विश्वविद्यालयको स्ववियू र प्राध्यापकहरु खुलेर लाग्न विडम्बना थियो । आन्दोलनमा विद्यार्थीहरुका जायज मागहरु पूरा गर्न दबाब दिँदा विश्वविद्यालयको स्ववियू, प्रशासन र प्राध्यापक आन्दोलनरत विद्यार्थी संगठनमाथि भौतिक आक्रमण गरी गुण्डागर्दी शैलीमा ताला फोडी विश्वविद्यालयलाई तालारहित हुनु पर्दछ भन्नेहरु आज आफै तालाबन्दीमा सक्रिय भइ उत्रिता नैतिकताको खडेरीको आभाष भएको छ । तर पछिल्लो समयमा आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि स्ववियू नै तालाबन्दीमा उत्रिनुले स्ववियूको गरिमामाथि शंका उत्पन्न भएको छ ।
विज्ञप्तिको पूर्णपाठ :

Image may contain: text