Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

जिल्लाव्यापी खुल्ला भलिबल प्रतियोगीता हुने

कृष्ण प्रसाद अधिकारी
१२ असोज, दुल्लु दैलेख ।

शहिद पूर्णस्मृति प्रतिष्ठानको आयोजनामा दोस्रो स्थानीयतह स्तरिय दैलेख जिल्लाव्यापी खुल्ला भलिबल प्रतीयोगीता दुल्लुको पटाङ्गीनिमा हुने भएको छ ।


यही असोज १४ देखी १६ गतेसम्म हुने भलिवल प्रतियोगीता जिल्लामै ठुलो राशिमा सञ्चालन हुन लागिरहेको नेपाली काङ्ग्रेसका पूर्वक्षेत्रीय सभापति शहिद पूर्ण बहादुर भण्डारी को १६ औँ स्मृति दिवसको अवसरमा प्रतियोगिता संचालन हुन लागेको शहिद पूर्ण स्मृति प्रतिष्ठान दुल्लुका अध्यक्ष रत्न बहादुर शाहीले बताउनु भयो ।

जिल्लाका ११ वटै स्थानीय तहबाट एक÷एक टिमले खेल्न पाउने व्यवस्था गरिएको छ । कार्यक्रममा आउने प्रत्येक टिमका १० जना खेलाडी र एक जना प्रशिक्षकलाई खान बस्नको व्यवस्था पनि आयोजकले गरेको जनाईएको छ । तर प्रत्येक खेलाडीहरुले आ–आफ्नो परिचय खुल्ने गरी परिचय पत्र भनेको बोकेको हुनु पर्नेछ । प्रतियोगीतामा प्रथम हुने टिमका लागि ५० हजार, द्वितिय ३० हजार र तृतिय स्थान ल्याउनेले १५ हजार रुपैया राशिको पुरस्कार प्राप्त गर्नेछन् ।