Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

आन्तरिक राजश्व कार्यालयको उद्घाटन

सुर्खेत
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेपाल राष्ट्र बैंकको शाखा खुल्ने बताइएको छ । आन्तरिक राजश्व कार्यालय सुर्खेतको उद्घाटन गर्दै अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले यस्तो बताउनु भएको हो । कर्णाली प्रदेशकै आन्तरिक राजश्व कार्यालय सुर्खेतको उद्घाटन गर्दै सचिव ढुंगानाले कर कार्यालयहरु विकेन्द्रीकृत भएर करदाताहरुलाई सेवा दिने बताउनु भयो । बित्तिय क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकको शाखा समेत खोल्नका लागि पहल भइरहेको बताउँदै मिलेसम्म रेडियो नेपाल परिसर भित्र आन्तरिक राजश्व कार्यालय र राष्ट्र बैंकको शाखा एकै स्थानमा राख्ने बताइएको छ ।

उहाँले भन्नुभयो, संविधानमा भएका मौलिक हकले नागरिक अधिकारको सुनिश्चितता गरेकोले पनि संविधान अनुरुप कार्य गर्नु सबैको दायित्व हो । सरकारका खर्चका क्षेत्रहरु विस्तारित भएको बताउँदै करको परिपालनाको दर बढाउनका लागि पनि राजश्व कार्यालयले काम गरिरहेको बताउनु भयो । विगतमा कर परिपालना नगर्न नसक्नेहरुलाई विशेष ‘स्कीम’ ल्याइएको बताउँदै कर कार्यालय शिक्षा दिन तयार रहेको सचिव ढुंगानाले बताउनु भयो । सर कार्यालयले १२ प्रकारका सेवाहरु प्रदान गरिरहेको छ ।


राजश्व कार्यालयको काम लगानी योग्य क्षेत्रहरु बनाउनु भएको बताउँदै लगानी गर्ने वातावरण निर्माण गर्नु भएकोले कर कार्यालय कर संकलनका लागि मात्र नभई करको दायरा विस्तार गर्न पनि भएको बताइएको छ । कृषि र पशुपालनाको लागि सहुलियत कर्जाको व्यवस्था भएको छ । विभिन्न ६ प्रकारका ब्याज अनुदान दिने व्यवस्था मिलाइएको सचिव ढुंगानाको भनाई थियो । कर प्रणालीमा देखिएका समस्याहरुको समाधान गर्न नेपाल सरकारले संघीय मामिलाका सचिवको नेतृत्वमा गठीत समितिले प्रतिवेदन बुझाएको छ । त्यसमा रहेको अन्यौलता हटाउनका लागि नीतिगत निर्णयहरु गरेर पठाउने तयारीमा छ । उद्योग, व्यापार सेवा गर्न सक्ने अनुकूल वातावरण तयार गर्न अर्थ मन्त्रालय तयार रहेको उहाँले बताउनु भयो ।


कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, मप विविका प्राध्यापक डा दीप बहादुर रावल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादब, कर्णाली उद्योग बाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी, भेरी उद्योग बाणिज्य संघका अध्यक्ष रतन अधिकारी, च्याम्बर अफ कमर्श सुर्खेतका अध्यक्ष चिन्तामणी पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्र बैंकका निर्देशक बिष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा शब्द स्वागत बाँकेका प्रमुख कर अधिकृत जनकराज शर्माले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सुर्खेतका निमित्त कर प्रमुख यज्ञराज ढकालले गर्नुभएको थियो ।