Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

कर्णाली प्रदेश सभाको बैठक असोज २३ गते बस्ने

सुर्खेत
कर्णाली प्रदेशमा गत साउन २५ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कर्णाली प्रदेश सभाको बैठक आगामी असोज २३ गते दिउँसो १ बजे बस्ने भएको छ ।
आगामी असोज २३ गते बस्ने बैठक संसदको आफ्नै भवनमा बस्ने भएकोले संसद भवनमा भइरहेको कार्यलाई ज्यादै तिब्र गतिमा अगाडि बढाइएको छ । प्रदेश सभामुख राजबहादुर शाहीका अनुसार प्रदेश सभाको बैठक संचालन नभए पनि विभिन्न समितिहरुले भने आफ्नो कामहरु गरिरहेका छन् । सरकारले प्रदेशसभालाई पर्याप्त काम दिन नसक्दा संसद बैठक लामो समयदेखी स्थगित भएको थियो ।


प्रदेश सरकारले विभिन्न विधेयकहरु निर्माण, ऐन तथा कानूनहरु माथिको छलफल तथा तिनीहरुलाई पारित गरि कार्यान्वयन गर्नु पर्ने कार्य गरिरहेको छ । अब बस्ने बैठक भने दशैंको नजिकै बस्न लागेकोले त्यति लामो समयसम्म बैठक निरन्तर हुन्छ भन्न सकिने अवस्था छैन ।