Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

विद्यार्थी र नेता दुबै अनुशासित हुनुपर्छ : थापा

सुर्खेत
२३ असोज ।

कर्णाली प्रदेश सभा सदस्य अमर बहादुर थापाले विद्यार्थी र नेता दुबै अनुशासित हुनुपर्ने बताउनु भएको छ । दैलेख क्षेत्र नं. १ विद्यार्थी एकता समाजले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले यस्तो बताउनु भएको हो । अनुशासन विद्यार्थीको गहना भएकोले त्यसलाई प्रमुख सम्पत्तिका रुपमा लिनु पर्ने थापाको भनाई थियो । उहाँले भन्नुभयो, ‘आजका विद्यार्थी नै भोलीका नेता भएकोले विद्यार्थी अनुशासित भएमा भविष्यमा नेताहरु पनि अनुशासित हुन्छन् । देश विकास गर्नका लागि विद्यार्थी र नेता दुबै अनुशासित हुन जरुरी छ ।’


शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नविन योगीले दैलेखबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र स्थानीय सरकारले समेत विकास निर्माणको स्पष्ट खाका कोर्न नसकेको बताउनु भयो । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक विष्णु कुमार खड्काले दैलेखको १ नं. मात्र नभई सम्पूर्ण दैलेखी विद्यार्थीहरुलाई समेटेर अगाडि बढ्न सकेको अझै प्रभावकारी हुने बताउनु भयो ।

Image may contain: 1 person
कार्यक्रमका सभापति पदम खड्काले विद्यार्थीका समस्या समाधान गर्ने र एक आपसमा सहयोग आदान प्रदान गर्ने हेतुले यस संस्थाको स्थापना गरेको बताउनु भयो । कार्यक्रममा खगेन्द्र अधिकारी अमृत, कुमार बिक्रम शाही, गगन सिंह ठकुरी, दिपेन्द्र वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Image may contain: 1 person, sitting and standing