Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक : मुख्यमन्त्री शाही

सुर्खेत, २४ असोज ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयंसेवी विज्ञ आवश्यक रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्धारा आज यहाँ आयोजित जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन कार्यान्वयन सम्बन्धी कार्याशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले समाज विकासका लागि स्वयंसेवी विज्ञ आवश्यक रहेको बताउनुभयो । “हाम्रो विज्ञता पैसामा बिक्री भईरहेको छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “मुलुकको विषम् घडिमा यो विज्ञता स्वयंसेवीसमेत बन्नुपर्दछ ।”

mahendra bahadur shahiको लागि तस्बिर परिणाम
मुख्यमन्त्री महेन्द्रबहादुर शाही : तस्वीर गुगलबाट

मुख्यमन्त्री शाहीले अगाडि भन्नुभयो, “हाम्रो विज्ञतालाई पावरप्वाईन्टमा होइन, अब प्रमाणित गरेर देखाउनुपर्दछ ।” विज्ञता भाडामा बिक्री हुन नहुने भन्दै मुख्यमन्त्री शाहीले प्रदेश तथा स्थानीय तहको कानूनमा विपद् जोखिम न्यूनिकरणको नीतिगत कुरा राख्ने भूमिकामा बढी ध्यान दिने र यसका लागि प्रदेश सरकार जिम्मेवारी बोधका साथ अघि बढ्ने जनाउनुभयो ।
पूर्वमन्त्री तथा विपद् जोखिम न्यूनिकरण क्षेत्रका विज्ञ डा.गंगालाल तुलाधरले भूकम्प, बाढी, पहिरो, भू–क्षय जस्ता प्राकृतिक तथा मानव विपद् जोखिम न्यूनिकरणका लागि सरकारले रणनैतिक महत्वको कानून बनाउनुपर्नेमा जोड दिनुभयो । विश्वको भूकम्प जोखिममा ११ औं, सडक दुर्घटनामा ५० देशमा पर्ने नेपालको भू–बनोटको अवस्था अध्ययन गरेरमा मात्र संरचना निर्माण गरिनुपर्नेमा उहाँको जोड थियो ।

कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरसमेत भूकम्पको जोखिमबाट मुक्त नरहेको जनाउँदै विज्ञ तुलाधरले विज्ञानले समाधान पत्ता लगाउन नसकेको प्राकृतिक विपद् भूकम्पबाट बच्न उच्च सतर्कताको नीति निर्माण प्राथमिकता दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, कृषिमन्त्री बिमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, प्रमुख सचिव रामप्रसाद थपलियासहित सम्पूर्ण मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।