राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शुभकामना साँझ
सुर्खेत
२४ असोज ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेत शाखाको आयोजनामा बुधबार विजया दशमी तथा शुभ दिपावलीको अवसरमा वीरेन्द्रनगरमा शुभकामना साँझ सम्पन्न भएको छ ।

शुभकामना साँझमा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै प्रतिष्ठानका अध्यक्ष उत्तम शर्माले कर्णालीवासी गरिब प्रदेशका जनता होइनन् कला, संस्कृति, भाषा र प्रकृतिको क्षेत्रमा कति धनी छौ भनेर देखाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए ।

कर्णाली प्रदेशका साँस्कृतिक गतिविधिहरुलाई पहिचान गरि माथी उठाउनका लागि समेत संस्थाले यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष शर्माले बताए । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, उपसभामुख पुष्पा घर्ती, प्रदेश सभाका सदस्यहरु, प्रतिनिधि सभा सदस्य ध्रुबबहादुर शाही, पार्वती बिसुन्के, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।










