Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

दशैँ लगत्तै पेट्रोलको अभाव

सुर्खेत

६ कार्तिक
दशैं सकिए लगतै पेट्रोलको अभाव देखिन थालेको छ । दशैँ अगाडि नै आयात भएको पेट्रोल सकिएपछि पेट्रोलको अभाव देखिन थालेको हो । पेट्रोलको अभाव देखिन थालेपछि दशैं मनाएर फर्किएकाहरु समस्यामा पर्न थालेका छन् । सुर्खेत भन्दा पनि नेपालगञ्जमा पेट्रोलको अभाव चर्को रुपमा देखिएको छ ।

Image result for नेपाल आयल निगम सुर्खेत
नेपालगञ्जमा अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल नभएकोले नीजि सवारी साधनमा यात्रा गर्नेहरुलाई समस्या परेको छ । तर खुद्रा पसलहरुमा भने बोतलमा भरेर राखिएको पेट्रोल किन्न पाइने भएकोले यो कृतिम अभाव भएको सुर्खेत साटाखानीका इन्द्रजीत दर्लामी बताउँछन् । कृत्रिम अभाव सिर्जना गरेर बाहिर व्यापारीले खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयको गुनासो छ ।

आयल निगम नेपालगञ्जका निमित्त प्रमुख अजय पन्त भने कृतिम रुपमा अभाव सिर्जना गरिएको कुरालाई अस्वीकार गर्दै भोलीसम्म सहज रुपमा पेट्रोल उपलब्ध हुने बताउनु हुन्छ । दशैंको समय भएकोले इन्धन वितरणमा ढिला भएकोले अभाव हुन गएको पन्तको भनाई छ ।