Loading... आजः १६ भाद्र २०८३, मंगलवार । Tuesday 1st September 2026

पटाका, आतिसबाजी बिक्री बितरण गर्ने पक्राउ

सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पटका बिक्री वितरण गर्ने ३ जनालाई पक्राउ गरेको छ । बि.न.न.पा.भित्र बजार क्षेत्रहरु पटाका, आतिसबाजीहरुको बिक्रि बितरण, ओसारपसार, सञ्चय तथा प्रयोग गर्दै आईरहेको भन्ने सुचनाको आधारमा यस कार्यालयबाट खटिएका प्रहरी कर्मचारीहरुले बिरेन्द्रनगर बजारका बिभिन्न स्थानहरुबाट बिभिन्न किसिमका पटाका तथा आतिसबाजी सहित जिल्ला सुर्खेत वि.न.न.पा.६ हुलाक लाईन बस्ने वर्ष २३ को दानिस अन्सारीले संचालन गरेको आयरा नजरल स्टोर्स पसलबाट, ऐ. ऐ. बस्ने वर्ष ५४ को नसिम अन्सारीले खेलौना गिफ्ट पसलबाट, जिल्ला बांके नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ घर भई हाल ऐ.ऐ. बस्ने वर्ष २२ को निहाल अहमदले गोदामको रुपमा स्टोर गरी राखेको अबस्थामा भारी परिमाणमा पटाका, आतिसबाजीहरु सहित उनीहरुलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।