Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

समुदाय –प्रहरी साझेदारी योजनामा हस्ताक्षर

सुर्खेत १० कार्तिक ।

सबै स्थानीय तह र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच समुदाय –प्रहरी साझेदारी निर्माण सम्बन्धमा शनिबार (आज) हस्ताक्षर भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुबेदी, चौकुने गाउँपालिकाका प्रमुख धिरबहादुर शाही र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक बसन्त रजौरेले उक्त साझेदारी पत्रका हस्ताक्षर गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सुर्खेतका दुई स्थानीय तहका प्रमुखसँग प्रहरीले साझेदारीपत्रमा हस्ताक्षर गरेको हो ।
प्रहरी–स्थानीय तह–समुदाय–सामाजिक संघसंस्था–विद्यालयबीच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्न, समुदायस्तरमा अपराध रोकथामलाई प्राथमिकतामा राखी सामुहिक प्रयास गर्न, दीगो र दीर्घकालिन साझेदारीको संयन्त्र निर्माण गर्न, बिकास र सुरक्षा बीचको अन्तरनिर्भरतालाई एकीकृत रुपमा आत्मसाथ गर्न लगायत समुदाय–प्रहरी साझेदारीको उदेश्य रहेको प्रहरी उपरिक्षक रजौरेले बताए ।

No automatic alt text available.

दुई निकाय बिचको साझेदारी कार्यक्रम संयन्त्र अन्र्तगत समुदाय–प्रहरी जिल्ला समन्वय समितिको समेत गठन गरिने भएकोछ । प्रमुख जिल्ला अधिकारीले समितिको संयोजकत्व गर्ने र जिल्ला प्रहरी कार्यालयका प्रमुख सह–संयोजक, जिल्ला प्रहरी कार्यालयका सामुदायिक सम्पर्क अधिकृत सदस्य–सचिव, स्थानीय तहका प्रमुखहरु सल्लाहकार र जिल्ला समन्वय समितिका प्रमुख उक्त समितिको सल्लाहकार रहने बताइएको छ ।


समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्थानीय तह, नेपाल प्रहरी, सामुदायिक र सामाजिक संघ संस्था, बिद्यालय र समाजसेवीहरुको सहभागितामा समुदाय–प्रहरी जिल्ला समिति लगायत पाँच समितिको कार्यगत संयन्त्र निर्माण गरिने भएको छ । समुदाय–प्रहरी जिल्ला समिति, समुदाय–प्रहरी पालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति गठन हुने बताइएको छ ।