Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

क्षेत्रीय अस्पताल प्रदेश अस्पतालमा रुपान्तरण

सुर्खेत १३ कार्तिक

सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल अब प्रदेश अस्पतालको रुपमा रुपान्तरण भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालको बोर्ड अनाबरण गरेर प्रदेश अस्पतालको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेश अस्पतालाई पाँचसय शैयाको बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले कर्णाली भौगोलिक रुपमा विकट रहेकाले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई प्रभावकारी सेवा पु¥याउन स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अवधारणा सरकारले अघि सारेको पनि बताउनु भयो । ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरुलाई शुरुमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य सेवा पु¥याउन आफूहरु लागि परेको उहाँको भनाई छ ।

प्रदेश अस्पतालले झेल्नु परेको समस्याहरुलाई निराकण गर्न सरकार गम्भीर रहेको मुख्यमन्त्री शाहीले शुभकामना मन्तव्यका क्रममा उल्लेख गर्नुभयो । उहाँले अस्पतालमा प्रवेश गर्ने कर्मचारीले राजनीतिभन्दा सेवाभाव बोकेर जनतालाई प्रभावकारी सेवा दिन निर्देशन दिनुभएको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशका नागरिकहरुलाई प्रभावकारी सेवा दिन प्रदेश सरकारले आवश्यक संरचना र दक्षजनशक्ती थप गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अस्पतालले झेल्नु परेका समस्याहरुलाई निराकण गर्न सरकार कटिवद्ध रहेको उहाँको भनाई थियो ।

प्रदेश अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. डम्बर खड्काले अस्पतालले कयौं समस्या झेलेपनि यहाँका नागरिकलाई प्रभावकारी सेवा दिन आफूहरु कटिवद्ध रहेको उल्लेख गर्नुभयो ।

पूर्वाधार विनै २०६२ सालमा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गरिएको हो । संरचना र दक्ष जनशक्तिको अभाव झेल्दै आएको अस्पतालले हाल ११५ शैयाबाट सेवा दिँदै आएको प्रा. डा. खड्काको भनाई थियो ।