Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

रारा भ्रमणमा गएका चापाकोटका नगरप्रमुख घाइते

कालिकोट
राराको भ्रमण गरेर फर्किएका स्याङजा चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरी कालिकोटमा घाइते भएका छन् । उनको नेतृत्वमा गएको ३० जनाको टोली रारा भ्रमण गरेर फर्किने क्रममा कालिकोट एक होटलमा मदिरा पिएर झगडा हुँदा उनी घाइते भएका हुन् ।

नगरप्रमुख गिरीको टाउकोमा चोट लागेको छ । झगडामा घाइते भएका गिरीको टाउकोमा चोट लागेको कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । अहिले गिरी जिल्ला अस्पताल कालीकोटमा उपचार गराइरहेका छन् । उनको टाउकोमा ५ वटा टाँका लागेका छन् । भने उनका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका लागेको बताइएको छ । यसरी नै नगर प्रहरी इन्र्चाज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइए बताइएको छ ।

प्रजिअ कार्कीका अनुसार भक्तपुर जिल्लाबाट रारा भ्रमण आएको टोली र चापाकोट नगरपालिकाको टोली एउटै होटलमा बास बसेका थिए । च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको उनले बताए ।