Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

डोल्पामा जीप दुर्घटनामा १० को ज्यान गयो

डोल्पा
हिन्दुहरुको दोस्रो ठूलो पर्व नजिकै गर्दा डोल्पामा दुःखद घटना घटेको छ । डोल्पाको ठूलीभेरी नगरपालिका ९ मा जिप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार डोल्पाको दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६१० नम्बरको डोल्पाको ठूलीभेरी–९ मा दुर्घटनामा परेको थियो । जिप कालागौँडादेखि ६०० मिटर अगाडि दुर्घटनामा परेको थियो ।

excident symbolको लागि तस्बिर परिणाम

मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेको बताइए पनि उनीहरुको सनाखत भने हुन सकेको छैन । दुर्घटनामा परेकाहरुको स्थानीय तथा नेपाल प्रहरीको टोलीले उद्दार गरेको थियो । क्षमता भन्दा बढि यात्रु राखेको र तिब्र गतिका कारण क्षति भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ भने घटनाको यथार्थ विवरण अझै आउन सकेको छैन ।