Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सुर्खेतमा देउसी–भैलो साँझ ९ बजेसम्म मात्र

सुर्खेत, कार्तिक १९ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले साँझ ९ जेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ । तिहारमा हुन सक्ने अपराधिक घटना र विकृति नियन्त्रण गर्न भन्दै प्रहरी कार्यालयले साँझ ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले क्वीकखबर डटकमलाई बताउनु भयो ।

निर्णय विपरित ९ बजेपछि पनि देउसी–भैलो खेलिए कानून बमोजिम कडा कारवाही गरिने स्थानीय प्रशासनले स्पष्ट पनि पारेको छ । समाजमा कसैले पनि शान्ति सुरक्षामा खलल पार्न नपाइने भएकोले प्रहरीले पटाका, भुइचम्पाजस्ता प्रज्जवलनशील बस्तुको आयात–निर्यात, बिक्री र प्रयोगमा निषेधित गरेको छ ।

सम्बन्धित छवि
तिहारलाई लक्षित गरी लुकिटिपी ल्याइएको प्रज्जवलनशील पदार्थ बरामद गरिने तथा ओसार–पसारमा संलग्नलाई कानून बमोजिक कारबाही हुने प्रहरीले स्पष्ट पारेको छ ।
तिहारको सुरक्षालाई लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको, जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँचमा कडाई गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनु भयो । साथै तिहारलाई सौहाद्रपूर्ण तरिकाले मनाउन र एक आपसमा सांस्कृतिक परम्परालाई जोगाउन तथा अनावश्यक हो–हल्ला नगर्न र कानूनको पालना गर्न समेत सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ ।

deusi bhailoको लागि तस्बिर परिणाम