Loading... आजः १७ भाद्र २०८३, बुधबार । Wednesday 2nd September 2026

सवा पाँच लाख सहित जुवाडे पक्राउ

सुर्खेत १९ कार्तिक ।
पाँच लाख चौबिस हजार आँठ सय अन्ठाउन्न नगद सहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाडेहरु पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० बसपार्कमा रहेको घनश्याम अधिकारीले सञ्चालन गरेको नाम उल्लेख नगरिएको होटलमा जुवा संचालन भइरहेको विशेष सुराकी भएपछि प्रहरीले छापा मारेको थियो ।

Image may contain: one or more people and people sitting
तस्वीर : जुवामा संलग्नहरुको तस्वीर जिल्ला प्रहरी कार्यालय सुर्खेतको फेसबुकबाट

बिशेष सुचना प्राप्त भएको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएको बिशेष टोलीले उक्त होटललाई कानुन बमोजिम खानतलासी गर्दा उक्त होटलको चार (४) तल्ला माथि कोठा नं १० मा जिल्ला सुर्खेत बि.न.न.पा. वडा नं ३ बस्ने बर्ष ४३ को बखत सुनार, ऐ.ऐ बस्ने बर्ष ३६ को टिकाराम सुनार, ऐ.ऐ. बस्ने बर्ष २५ को तिर्थ सुनार, ऐ.ऐ बस्ने बर्ष २८ को दिपक रोकाय, ऐ. वडा नं ६ बस्ने बर्ष ५४ को सम्शेर शाही र जिल्ला दैलेख कालभैरब वडा नं ६ बस्ने बर्ष २० को चित्र सुनारलाई नगदसहित तीन गड्डी नयाँ तास र एक (१) गड्डी खेलिरहेको खोलेको तास सहित पक्राउ गरेको हो ।

उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिई (आज) सोमबार मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ को दफा १२५ बमोजिम म्याद थप गरि आबश्यक कानुनी प्रक्रिया अगाडी बढाईएको जिल्ला पं्रहरी कार्यालयले जनाएको छ ।