Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

बाजुरामा कालाजार

बाजुरा, २० कात्तिक ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बाजुरामा कालाजार

साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याव असिस्टेन्ट दन्त विकले बताए । कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले उनीहरुलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ ।

पछिल्लो समय जिल्लामा मलेरियाका बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको छ । हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मलेरियाको ६३ बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिए ।