Loading... आजः १५ भाद्र २०८३, सोमबार । Monday 31st August 2026

शहिदको जन्मदिनमा विरामीलाई फलफूल वितरण

सुर्खेत, २८ कार्तिक |

शहिद याम बहादुर बिसीको ३१ औं जन्मदिनमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । शहिद याम बिसी स्मृति प्रतिष्ठानले सुर्खेतमा रहेको आइएनएफ अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।

। बिरामीहरुलाई फलफूल वितरण गर्दै याम बिसी स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् शहिद याम बहादुर बिसीका पिता शेर बहादुर बुढाले आफूले छोरो गुमाए पनि छोराले देशको लागि रगत बगाएर शहादत प्राप्त गरेर यो प्रदेशको स्थापना भएकोले अब यस प्रदेशले समृद्धि प्राप्त गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा आइएनएफ अस्पताल सुर्खेतका मेडिकल अफिसर डा. खगेन्द्र गौतमले शहिदको जन्मदिनमा बिरामीहरुलाई फलफूल वितरण गरेर संस्थाले स्रहानिय कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, ‘सबैको साथ र सहयोगले यो अस्पताल संचालन भइरहेको छ । जुन साथ र सहयोगमा याम बिसी स्मृति प्रतिष्ठान पनि थपिएको छ । यो सामाजिक कार्यका लागि प्रतिष्ठान परिवारलाई धन्यवाद दिन्छु ।’ शहिदले दिएको बलिदानीबाट स्थापना भएको यो प्रदेशमा प्रदेश सरकार र स्थानीय सरकारले समेत शहिदको सम्मान गर्न सक्नु पर्ने उहाँको भनाई थियो ।


कार्यक्रममा शहिद माता बाली बुढालगायत पत्रकार, समाजसेवी, स्वास्थ्यकर्मीहरुका साथै विरामी कुरुवाहरुको समेत उपस्थिति रहेको थियो ।