लेकवेशी गैसस महासंघमा रेग्मी
सुर्खेत २९ कार्तिक ।
सुर्खेतको पूवी क्षेत्रमा पर्ने लेकवेशी नगरपालिकामा ९ सदस्यीय नगर स्तरीय गैसस महासँघ गठन गरिएको छ ।
बिन्दुलाल रेग्मीको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा धनकुमारी कार्की, सचिवमा महेन्द्र नेपाली, सहसचिवमा गगन बसेल, कोषाध्यक्षमा नारायण बास्तोला र सदस्यहरुमा युवराज पंगाली, तिलक पाण्डे, किशोर पोखरेल, सुस्मिता सुनार रहेका छन ।
लेकवेशी नगरपालिकाका नगर प्रमुख गगनसिं सुनारले प्रमुख अतिथिको रुपमा बोल्दै गैसस महासंघ गठन भएपछि महासंघ र नगरपालिका विच समन्वय गरेर अघी बढ्नु पर्ने बताए । कार्यक्रममा लेकवेशी नगरपालिका उप–प्रमुख शान्तीकुमारी छन्तेल, नगरपालिकाका कर्मचारी केशर डाङ्गी लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो समय गैसस महासंघ पनि स्थानीय तहमा गठन हुने क्रम जारी छ । गैेसस महासंघलाई स्थानीय तहमा पनि क्रिया गराउन सकेको खण्डमा सामाजिक कार्यहरुमा एक रुपता आउने बताइएको छ ।






