Loading... आजः १३ भाद्र २०८३, शनिबार । Saturday 29th August 2026

भगवतीमाई गाउँपालिकामा लगाएको ताला खुल्यो

कृष्ण प्रसाद अधिकारी
दैलेख ५ मंसिर ।

दैलेखको भगवतीमाइ गाउँपालिकामा लगाएको ताला खुलेको छ । नेपाली काँग्रेस गाउँ कार्य समितिले लगाएको ताला गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नेपाली कांग्रेस गाउँ कार्य समिति बिच ६ बुँदे सहमति भएपछी खुलेको हो ।


मंगलबार भएको सहमतिमा गाउँपालिकाको आर्थिक वर्ष ०७४÷०७५को आय ब्यय सार्बजनिक गर्ने ०७५÷०७६ को रातो किताब उपलब्ध गराउँने, गाउँकार्यपालिकाले निमार्ण गरेका ऐन नियमहरु उपलब्ध गराउँने, गाउँपालिकामा कर्मचारी नियुक्ति गर्दा प्रतिपक्ष दलको सदस्य रहने लगायतका सहमति भएपछी कार्यलयमा लगाएको ताला खोलेको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताउनु भयो ।

सबै किसिमका छलफल र बहसबाट टुङ्गीने सामान्य कुराहरुमा पुर्बाग्राही भएर ताला बन्दी गर्ने परम्पराको अन्य गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।  यता नेपाली कांग्रेसले गाउँ गाउँकार्यपालिकाले अध्यक्षले आफ्नो मनमानी गरेकोले कार्यालयमा ताला लगाउनु परेको बताएको छ ।

No automatic alt text available.

No automatic alt text available.