विद्यार्थी र अभिभावकलाई निःशुल्क दाँत शिविर
रमा के सी
सुर्खेत, ७ मंसिर ।
सेण्ट मेरिज को एण्ड स्कूल वीरेन्द्रनगर ३ सुर्खेतले आफ्ना विद्यार्थी र अभिभावहरुका लागि निःशुल्क दँत शिविर सञ्चालन गरेको छ । स्कूलले अर्धबार्षिक नतिजा प्रकाशनको अवसर पारेर शुक्रबार दँन्त शिविर सम्पन्न गरेको हो । शिविरमा दुई सय दश जना अभिभावक र दुई सय विद्यार्थीको दँत परिक्षण गरिएको विद्यालयका प्राधानाध्यापक परमानन्द रेग्मीले जानकारी दिए ।
उनका अनुसार हिमाल डेण्टल केयर होमसंगको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । विधार्थीको पढाइमा स्वास्थ्यले समस्या नआवस भन्ने उद्देश्यले विद्यालयले समय समयमा स्वास्थ्य परिक्षण गर्दै आएको प्रअ रेग्मीको भनाइ छ ।
खानपानमा सन्तुलित भोजनको व्यवस्थापन हुन नसक्दा पछिल्लो समयमा दाँतका रोगीहरु बढिरहेको चिकित्सकहरुको भनाई छ । खानेकुरामा ध्यान दिन सकेको खण्डमा दाँतका रोगहरुबाट बच्न सक्ने उनीहरुको भनाई छ ।






