Loading... आजः १२ भाद्र २०८३, शुक्रबार । Friday 28th August 2026

समयलाई चिन्न सकौं : दाहाल

सुर्खेत ७ मंसिर ।

जेसिजका पूर्व अध्यक्ष गेहेन्द्रप्रसाद दाहालले समयलाई चिन्न सक्नु पर्ने बताउनु भएको छ । नव ज्योति केन्द्रले आयोजना गरेको युवा भेलामा उहाँले यस्तो बताउनु भएको हो । ‘सीप सिकौ : स्वरोजगार बनौ’ भन्ने मुल नारासहित आयोजना गरिएको भेलामा दाहालले प्रमुख अतिथिको आशनबाट बोल्दै समयलाई चिन्न सक्ने मान्छे मात्र समाजको लागि केही गर्न सक्छ भन्दै समयलाई चिन्न नसकेमा समाजका लागि मात्र होइन स्वयम् व्यक्तिगत रुपमा पनि उन्नती र प्रगति गर्न नसकिने बताउनु भयो ।


कार्यक्रममा यज्ञ गिरी बाल क्लब हुँदै युवा क्लबसम्म पुगेर समाज परिवर्तनका लागि जुन कार्य भएको छ यस्ता कार्यहरुलाई निस्वार्थी भावनाले विकसित गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा ३१ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नवज्योति केन्द्रद्वारा गठित युवा क्लबमा आवद्ध विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा नवज्योति केन्द्रका प्रमुख सिस्टर रोसिटाले बाल क्लबहरुको गठन, रेडियो कार्यक्रम, नेतृत्व विकास तालिमहरु, सीप विकास तालिमहरु संचालन गरिरहेको र अहिलेसम्म २६ जनाले प्राप्त गरेको बताउनु भयो । जस अन्तर्गत सवारी चालक र व्यूटीसियन तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।


कार्यक्रममा बाल क्लब हुँदै युवा क्लबसम्म पुगेकी अञ्जना सुनारले एक अर्कामा भए गरेका कार्यहरुको देखासिकीले पनि धेरै कुरा सिकेर सामाजिक क्रियाकलापमा अगाडि बढ्न सकिने बताउनु भयो ।


जिल्ला युवा परिषदका अध्यक्ष टेकेन्द्रकुमार बस्नेतले युवाहरुलाई स्वरोजगार बनाउनुको साथै सामाजिक विकासमा लगाउन युवा परिषदले समेत भूमिका निर्वाह गर्दै आइरहेकोमा नवज्योतिले गरेका कार्यहरुको स्रहना गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले ७ अर्ब बजेट युवा स्वरोजगारको लागि छुट्याएको भएपनि त्यसको सही सदुपयोग हुन सकेको छैन । जसका कारण दक्ष युवा जनशक्ति विदेशिनु परेका हो ।’