Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

व्यवसायिक योजना निर्माण सम्वन्धि प्रशिक्षण

सुर्खेत ७ मंसिर ।
व्यवसायिक योजना निर्माण सम्वन्धि प्रशिक्षकहरुका लागि प्रशिक्षण शुरु भएको छ । सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित कृषि स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन (पहल) कार्यक्रमको आयोजनामा प्रशिक्षण शुरु भएको हो ।


जीविकोपार्जनका आर्थिक समृद्धिका लागि योजनाबद्ध रुपमा व्यवसाय सञ्चालनबारे तालिममा प्रशिक्षण दिइने छ । व्यापार व्यवसायमा लगानी गर्नका साथै कसरी सञ्चालन गर्ने र लगानी गर्दा व्यवसायमा हुने गरेका फाईदा र चुनौती बारेमा राम्रो ज्ञान नहुदा लागनी असुरक्षित हुने भएकाले तालिम उपयोगी हुने पहल परियोजनाका केन्द्रिय बित्तिय प्रबन्धक अनिल नेपालले बताए । उनले लगानी कर्ता र कर्जा लिने व्यक्तिहरुलाई व्यवसायिक ज्ञान नहुनुले दिनानुदिन घाटा व्यहोर्नु पर्ने बताए ।
कुनै पनि व्यक्तिले सहकारी संस्था होस् वा बैक क्षेत्रबाट लिइएको कर्जा अन्य बिलाषितामा खर्चिनु नहुने बताए ।

तालिमका सहजकर्ता राजु केसीले सहकारीका सदस्यहरुका लागी व्यवसाय सृजना तथा व्यवस्थापन सीप दिई कुशल प्रशिक्ष बनाउने रहेको बताए । उनले सहकारीका सदस्यहरुले कसरी व्यापार योजना तयार गर्ने, आम्दानी खर्चको हिसाब किताब सहि तरीकाले राख्न र बजार व्यवस्थापन सहित आवश्यक ऋण व्यवस्थापन कसरी गर्ने सम्बन्धमा ३ दिने तालिममका सिकाईने बताए ।

सकारीका पदाधिकारी र कर्मचारीहरुका लागी संचालित ३ दिने व्यावसाय योजना निर्माण तालिममा सुर्खेतका ६ र दैलेखका ६ वटा सहकारीका पदाधिकारी एवंम् कर्मचारी गरी २३ जना सहभागी छन् ।

सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कंडेलको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा पहल परियोजनाका क्षेत्रीय सिनिएर बित्तिय सेवा अधिकृत बिश्वराज श्रेष्ठ, पहल परियोजनका जिल्ला संयोजक भीमराज वास्तोला, सेवक संस्था दैलेखका सचिव प्रेमप्रसाद दाहाल लगायतको उपस्थित थियो ।

सेवक दैलेखका वित्तिय सेवा अधिकृत चन्द्रप्रसाद शर्माले उद्घाटन कार्यक्रममा सहजीकरण गरेका थिए । शुक्रबारदेखि शुरु भएको ३ दिने तालिम ९ गते आईतबार समापन हुनेछ ।