Loading... आजः १२ भाद्र २०८३, शुक्रबार । Friday 28th August 2026

सुर्खेत चेम्बर अध्यक्षमा शर्मा

सुर्खेत ७ मंसिर ।

चेम्बर अफ कमर्सकाे प्रथम साधारणसभा तथा विशेष अधिवेशन शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। प्रथम वार्षिक साधारणसभाले चिन्तामणि शर्माकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिकाे चयन गरेकाे छ। जसको वरिष्ठ उपाध्यक्षमा भुपेन्द्रनाथ याेगी, उधाेग उपाध्यक्षमा खगेन्द्रवहादुर थापा, वाणिज्य उपाध्यक्षमा हस्तवहादुर सावद, महासचिवमा रामवहादुर खड्का, सचिवमा विजय भण्डारी, काेषाध्यक्षमा हिमाकुमारी उपाध्याय, सह-काेषाध्यक्षमा दिपेन्द्रवहादुर खड्का र सदस्यहरुमा चिन्तामणि शर्मा, माधवप्रशाद कडेल, पदमबहादुर क्षेत्री, वलवहादुर थापा, देवी थापा रहेका छन।

साधारणसभालाई संवाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष विष्णुवहादुर शाहीले कुनैपनि संस्था पहिला सानाे हुन्छ, पछि विस्तारै ठुलाे अाकार लिदै जाने वताएका छन। उनले सुर्खेत उधाेग वाणिज्य संघले भातृ संस्थाकाे रुप धारण गर्दै गएपछि अाम व्यवसायीहरुकाे चाहना वमाेजिम चेम्बरको स्थापना गरिएकाे वताउदै व्यवसायीहरु अाफैले अाफ्नाे व्यवसाय संचालन गर्नुपर्ने भएकोले समय व्यवस्थापन गर्न मुस्किल भएको वताए । प्रमुख अतिथि शाहीले तैपनि व्यवसायीहरुले अाफ्नाे हक र हितकाे लागि समय निकालेर अघि वढ्न सुझाव दिए।