Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कांग्रेस नेताले करोडौं खर्चेर गरिबका लागि बनाइदिए अस्पताल

जाजरकोट ८ कार्तिक |

जाजरकोट भन्ने वित्तिकै अहिले सरकारमा प्रतिनिधित्व गर्ने जिल्ला पर्छ। नेपाल कम्युनिस्ट पार्टीको सरकारमा यहाँबाट निर्वाचित शक्तिबहादुर बस्नेत मन्त्री छन्। उनी अहिले वन मन्त्री हुन्। तर गाउँको विकासमा भने चुनाव हारेका प्रतिपक्षी कांग्रेसका नेता खटिएका छन्। मन्त्री भएर जिल्लाको विकासका लागि खटिनुपर्ने बेला बस्नेत गाउँ समेत फर्केका छैन्। यस्तो बेला चुनावमा गरेको प्रतिबद्धतालाई पुरा गर्दै कांग्रेस नेता एवं पूर्व सांसद राजिव विक्रम शाहले आफ्नै खर्चमा गरिब जनताका लागि सुविधासम्पन्न अस्पताल निर्माण गरिदिएका छन्।

उनले जाजरकोटको छेडागाड नगरपालिका ५, बडावन गाउमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरेका छन । शाहले ६ करोड ब्यक्तिगत लगानीमा अस्पतालको भवन लगायत भौतिक संरचना निर्माण गरेका हुन् ।

गएको निर्वाचनमा शाह हाल वनमन्त्री रहेका नेकपा नेता शक्ति वहादुर वस्नेतसँग केही मतले पराजित भएका थिए । मन्त्री भएपछि बस्नेत त्यती धेरैं गृहजिल्ला गएका छैनन, उनको व्यवहारले अहिले जनताहरुमा निराशा छाएको छ । एमालेसँग माओवदी केन्द्रको एकता नभएको भए शाहले सहजैं निर्वाचन जित्ने कुरामा जिल्लावासीको दावी रहेको छ ।

समाजसेवी तथा पुर्व सांसद शाहले २५ शैंयाको कुमारी ट्रष्ट संस्था मार्फत अस्पताल भवन निर्माण गरेका हुन् । अस्पताल भवनको निर्माण कार्य गत बर्ष शुरु भएको थियो । सामुदायिक अस्पताल संचालन गर्न शाहले बडाबनमा इनडोर, ओपीडी, अप्रेसन, एक्सरे, प्रसुती, ल्याव, फार्मेसी, डाक्टर तथा नर्स क्वाटर, प्रशासन, शैचालय लगायत सेवा संचालनका लागि दर्जन भवन बनाएका छन् ।

शाहले हालैं अस्पतालको अनुगमन गरेर फर्किएका छन । शाहले भने,“आउँदो नयाँ वर्ष अर्थात बैशाख महिनादेखि अस्पताल पुर्ण रुपमा संचालनमा आउँछ । भौतिक निर्माणको धेरैं काम लगभव सकिएको छ, अब अन्य केही काम बाँकी रहेको छ, जुन चाडैं सम्पन्न हुन्छ ।”

बडाबनका स्थानीय बासिन्दाले निशुल्क उपलब्ध गराएको ५ रोपनी जग्गामा अस्पतालका लागि अत्याधुनिक भवनहरुको निर्माण कार्य सम्पन्न भएको छ । जाजरकोटी जनताको स्वास्थ्य सुविधालाई मध्यनजर गरी दुर्गम गाँउमै विशेषज्ञ सेवा दिने उदश्यले अस्पताल निर्माण गरिएको शाहले वताएका छन । उनले व्यक्तिगत खर्चमा भवन निर्माण कार्य पुरा गरेपनि अस्पतालको संचालन, रेखदेख र सेवा प्रवाहमा सरकारी तथा गैरसरकारी निकायको साझा दायित्व वोध हुने गरी कार्य अघि बढाइएको जनाएका छन । अस्पताल सन्चालनको वोर्ड समितीमा सवै दल तथा ससरोकारवालाको प्रतिनिधित्व हुनेछ । अस्पतालबाट दुर्गम, विकट गाउ र विपन्न समुदायका जनताको पहुँचमा सहज तथा गुणस्तरीय सेवा प्रवाहको लागि पहलकदमी चालेको शाहले जनाएका छन ।

चर्चित समाजसेवी महावीर पुन, रोटरी क्लव इन्टरनेस्नल, केहि मेडिकल कलेजका विशेषज्ञ डाक्टरसँग उपचार सेवा, उपकरण, अस्पताल सन्चालन खर्च तथा श्रोत व्यवस्थापन लगायत विषयमा छलफल भइरहेको छ। अस्पताल संचालन गर्न मासिक २५ लाख सम्म खर्च लाग्ने जनाइएको छ । अस्पतालका भवनहरु निर्माणको जिम्मा पन्चकन्या ग्रुरुपले लिएको थियो । शाहले गएको निर्वाचनमा जाजरकोटमा स्वास्थ्य समस्याले आक्रान्त वनेका जाजरकोट पश्चिम क्षेत्रका साथै दैलेख र जुम्लाका जनताका लागि सुविधासम्पन्न अस्पताल निर्माणको बाचा गरेको थिए । त्यो अठोटलाई पुरा गर्न पराजय भोगेपनि अस्पताल वनाउन तम्सिएका शाहको वाँचा पुरा भएको र आफुहरु हर्षित भएको जिल्लावासी जनताको भनाई रहेको छ ।

दुर्गम गाँउ वडावनमा सुविधा सम्पन्न अस्पताल सन्चालनमा आएपछि विभिन्न स्वास्थ्य समस्यावाट आक्रान्त हुने गरेका जनताले ठुलो राहत पाउने वडा अध्यक्ष महेन्द्रबहादुर शाहीले बताउनु भयो । राजीव विक्रम शाहले वडावनमा व्यक्तिगत खर्चमा २५ शैयाको अस्पताल वनाएर सह्रानिय काम गरेका छन । जनताका लागि सरकारले गर्न नसकेको कार्य उनले गरेर देखाएका छन । समाज सेवा मार्फत राजनीतिमा आएका शाहले २०७० सालको दोस्रो संविधान सभाको चुनावमा जाजरकोट क्षेत्र नम्वर २ वाट चुनाव जितेका थिए ।

पुख्र्यौली घर जाजरकोट भएपनि शाहको वचपन विदेशमा नैं वितेको हो । वि।सं। २०७० को निर्वाचनमा सासंद बनेर आएपछि ६०१ जनामध्यबाट तीन जनाले तलब नलिने घोषणा गरेका थिए जसमा एउटा नाम शाहको पनि रहेको थियो । भाषणमा भन्दा पनि काम गर्नमा विश्वास राख्ने शाह भन्छन, “चुनाव जित्ने हार्नेसंग अस्पतालको कुनै सम्वन्ध छैन यो त यस क्षेत्रका जनताको सुविधाको लागि हो मेरा लागि होईन ।” चुनाव जितेर पनि आफुले जनतासंग गरेको वाचा पुरा नगर्ने नेताहरुमा शाह धेरैं फरक उदाहारण वन्न पुगेका छन् ।

शुरुमा ५ करोडको बजेट भए पनि निर्माणको क्रममा ६ करोड लागत पुगेको देखिन्छ । शाहले सांसद भएको अवधिमा समस्या परेका नागरिकका सहयोगमा करिव ६० लाख रुपैया खर्च गरेका थिए । उनले संसदको तलव भत्ता पनि लिएनन् । त्यो रुपैया गरिव तथा विपन्न जनताको लागि खर्च गरेका थिए ।

मिडिया डबली