विमानस्थल सञ्चालनमा आएन
मंसिर १० जुम्ला ।
स्तरोन्नतिका लागि बन्द गरिएको जुम्ला विमानस्थल एक महिना बित्दा समेत सञ्चालनमा आएको छैन । कात्तिक ८ देखि बन्द गरिएको विमान स्थल निर्माण कार्य पूरा नहुँदा सञ्चालनमा नआएको हो ।
ठेकेदारले स्तरउन्नतिको काममा ढिलाइ गरेकाले विमान स्थल सञ्चालनमा समस्या भएको स्थानीय नरबहादुर बुढ्थापाले बताए । ‘ठेकेदारले स्तरउन्नतिको काममा ढिलाइ गरेको छ,’ उनले भने, ‘त्यसतर्फ कसैको ध्यान गएको छैन ।’ स्तरउन्नतिको काम नसकिएको भन्दै निर्माण कम्पनीले केही समयको माग गरेको विमानस्थल प्रमुख कैलाश शर्माले बताए । ‘नेपाल नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयको आदेश पर्खेर बसेको छौं,’ उनले भने, ‘हिउँदको महिनामा कालोपत्रे नटिक्ने भएकाले पिचको काम तीव्र रुपमा अघि बढेको छ ।’






