जिप दुर्घटनामा परि मृत्यु हुनेकाे संख्या ५ पुग्याे, ३ काे अवस्था गम्भिर (अपडेट)
१२ मंसिर, दैलेख ।
ठाँटिकाँध गाउँपालिकामा बाेलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन् । सुर्खेबाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ बहाँकोट तर्फ जाँदै गरेको भे १ च २२०७ नं. को वोलेरो जिप आज बिहान ८ बजेतिर सोहि गाउँपालिका वडा नं. ३ को पिपलचौतारा धामिगाउँ नजिक दुर्घटना भएकाे हाे । बाेलेराे जिप सडकबाट करिब २००मिटर भन्दा तल खसेको छ ।

ठाँटिकाँध प्रहरि चाैकीका असर्इ तिलक शाहीले दुल्लुखबरलार्इ जानकारि दिए अनुसार जिपमा सवार ८ जना मध्ये उक्त दुर्घटनामा परि ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षिय राजेन्द्रवहादुर शाही, वडा नं १ का अन्दाजी ३० वर्षिय निर्मल वम र चालक रमेश शाही को घटना स्थलमै मृत्यु भएको छ भने वडा नं. ३ वडाकी रत्ना शाही र दिलिप शाहीकाे उपचारकाे क्रममा सुर्खेत लिने क्रममा मृत्यु भएकाे छ ।






