विद्यार्थीले खाजा खर्च कटाएर वृद्धावृद्धलाई फलफुल र हलिक्स्
सुर्खेत, १४ मंसिर ।
सुर्खेत साहारा क्याम्पसमा अध्यानरत विद्यार्थिहरुले प्रशान्ति वृद्धाश्रम केन्द्रमा बस्दै आउनु भएका वृद्धवृद्धालाई फलफुल र हलिक्स् वितरण गरेका छन् । वृद्धाश्रम केन्द्रमा गएर आज विद्यार्थिहरुले फलफुल तथा हलिक्स् वितरण गरेका हुन ।

वि.वि.एस पहिलो वर्षमा अध्यानरत विद्यार्थिहरुले आफ्नो एकदुई दिनको खाजाखाने रकमलाई कटौती गरेर उक्त सहयोग गरेका हुन । विद्यार्थी मोहन गिरीले आफुहरुले खाजा खाने पैसा बचाएर वृद्धवृद्धालाई फलफुल वितरण गरेको बताउनुभयो । ‘हामीले खाजा खाने पैसाबाट सबै साथीहरुले बचाएर सहयोग गरेका हाँै’ उहाँले भन्नुभयो, ‘यसरी सहयोग गर्न पाउँदा हामी खुशी छौँ ।’
जेष्ठ नागरिक समाजका धरोहर भएकाले विद्यार्थिहरुले पढ्ने मात्र नभई एउटा व्यवाहारिकरुपमा पनि नैतिकवान बन्न सिकनुपर्छ, भन्ने उद्दश्यले सहयोग गरेको क्याम्पस प्रमुख छविलाल आचार्यले वताउनु भयो । उहाँले आफ्नो क्याम्पसको तर्फ बाट र आफु जुनठाँउमा रहेपनि जेष्ठनागरिकलाई सधै सहयोग गर्ने वताउनु भयो । अहिले प्रशान्ति वृद्धाश्रममा विभिन्न ठाँउंवाट गरी १२ जना वृद्धवृद्धाहरु रहेका छन ।






