कर्णालीमा पत्रकार स्वास्थ्य बिमा कार्यक्रम
मसिंर १७ सुर्खेत ।
कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य विमा कार्यक्रम शु्रु गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेशका लागि नै भनेर छुट्टै कार्यविधी बनाएर स्वास्थ्य विमा कार्यक्रम शुरु गरेकोे हो ।

कर्णालीका पत्रकारले बिरामी भएमा, घाईते भएमा पूर्र्णरुपमा अपाङ्गता भएमा र मृत्यु भएमा बिमाको सुविधा पाउने छन् । पत्रकारको कुनै कारण वस मृत्यु भएमा इच्छाएको परिवारका सदस्यले पाँच लाख सम्मको बिमा स्ुविधा पाउने छन् ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश समितिको सिफारिसमा पत्रकारहरुलाई बिमा सेवा दिने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।
मन्त्री भण्डारीका अनुसार अहिले पाँचलाखसम्मको पत्रकार स्वास्थ्य विमा प्रदेश सरकारले कार्यविधि बनाएको छ । कर्णालीमा पहिलो पटक प्रदेश सरकारको तर्फबाट पत्रकारहरुलाई स्वास्थ्य स्ुरक्षा दिएको मन्त्री भण्डारीले वताए ।
कर्णाली प्रदेश सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रमको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दर्गा थापाले स्वागत गरेका छन । भोली मंगलबार देखि लागु हुने गरि सुचना प्रकाशन गरी १५ दिन भित्र दरखास्त आव्हान गरिने मन्त्रालयले जनाएको छ । पत्रकारले दरखास्त दिनका लागि जिल्ला र प्रदेशका पत्रकार महासंघमार्फत जानु पर्ने छ ।






