घरेलु मदिरा नष्ट
सुर्खेत । १७ मंसिर ।
वीरेन्द्रनगर नगर प्रहरीले आज (सोमबार) अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले बेचविखनका लागि वीरेन्द्रनगर बजारमा ल्याउदै गरिएको घरेलु मदिरा जफत गरी नष्ट गरेको हो ।

साथै वीरेन्द्रनगरको बजार क्षेत्रमा रहेका होटलहरुमा छापा मारी जफत गरिएको मदिरा नष्ट गरिएको वीरेन्द्रनगर नगर प्रहरीका प्रहरी नायव निरिक्षक ढुंडीराज अधिकारीले बताए ।
प्रहरी र वडाको संयुक्त प्रयासमा मदिरा जफत गरिएको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोति कँडेलले बताए । एक सय लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ र दुई सय लिटर घरेलू मदिरा प्रहरीले नष्ट गरेको हो । साथै एक थान घरेलु मदिरा बनाउने भाडा प्रहरीले जफत गरेको प्रहरी नायव निरिक्षक अधिकारीले जानकारी दिए ।






