उद्योग बाणिज्य संघको मतदान सम्मन्न
२९ मंसिर सुर्खेत- सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकोलागि मतदान सम्मन्न भएको छ।
निर्वाचन समितिले १९ सय दुर्इजना मतदाता रहेकोमा १६४४ मत खसेको जनाएको छ। निवार्चन अधिकृत उत्तम आचार्यले केहिबेरमा बैठक बसेर मतगणनाबारे निर्णय गरिने जानकारी दिनुभयो ।
२२ पदकालागि धनबहादुर रावतको लोकतान्त्रिक प्यानल र प्रकाश उप्रेतीको संयुक्त उद्योगी व्यवसायी प्यानलबाट गरी ४३ जना उम्मेदवार चुनाबी मैदानमा छन ।
रावतको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा बासुदेव शर्मा, बाणिज्य उपाध्यक्षमा दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा हरि विष्ट, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा लक्ष्मण कँडेल, सचिवमा रामप्रसाद पाण्डे र कोषाध्यक्षमा भद्र भण्डारीले उम्मेदवारी दिनु भएको छ।
यसैगरी उप्रेतीको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का, बाणिज्य उपाध्यक्षमा प्रवल शाही, उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत, महिला उपाध्यक्षमा बसन्ती कुमारी बस्नेत एकता, महासचिवमा कलाधर उपाध्याय केदार, सचिवमा शिवराज अधिकारी र कोषाध्यक्षमा गोविन्द पाण्डेको उम्मेदवारी दर्ता भएको छ।
अध्यक्षका उम्मेदवार रावतले सम्पूर्ण व्यवसायिक एकता र हितकालागि आफ्नो प्यानल क्रियाशील रहने बताउनु भएको छ।
यस्तै अध्यक्षका उम्मेदवार उप्रेतिले पनि सबै व्यवसायीलार्इ समेटेर अघि बढ्ने बताउनु भएको छ ।






