मधुपर्कका सम्पादकसंगै पाण्डेय र सञ्जेल पुरस्कृत हुने
काठमाडौँ २ पौष
मधुपर्कका सम्पादक स्रष्टा जयदेव भट्टराईलाई बाबा ओमवीर सिंह बस्न्यात गुठीले नगद राशि रु २५००० सहितको पहिलो पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाइएको छ ।

गुठीका अध्यक्ष बाबा ओमवीर सिंह बस्न्यातको रोहवरमा बसेको बैठकद्वारा गरिएको निर्णयअनुसार गुठीको रु २१००० सहितको दोश्रो पुरस्कार विद्वान लेक्चरर वासुदेव पाण्डे प्रभाकरलाई प्रदान गरिने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक समेत रहनु भएका पाण्डेयले यस अघि पनि विभिन्न पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसक्नु भएको छ । वासुदेव पाण्डेय प्रभाकर नेपाली छन्द कविता र बहरबद्ध गजलमा विशेष दख्खल राख्नु हुन्छ ।

भने १५००० राशी सहितको तेस्रो प्रतिभा पुरस्कार रामचन्द्र सञ्जेललाई प्रदान गरिने जनाइएको छ ।






