Loading... आजः २५ जेष्ठ २०८३, सोमबार । Monday 8th June 2026
ताजा खबर
  

रवि ओड बने नेपालको ‘दोस्रो नेपाल आईडल’

पौष ७ काठमाडौँ

नेपाल आइडल सिजन-२ को विजेता रवि ओड बनेका छन् । रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।

सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।

थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, अन्नपूर्ण मिडिया नेटर्वकका निर्देशक सचन थापा नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।