Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

प्रादेशिक संसद सञ्चालन नियमावली सम्बन्धी छलफल

पौष ७ सुर्खेत ।

कर्णाली प्रदेशको संसदीय अभ्यासलाई लक्षित गर्दै प्रादेशिक संसद सञ्चालन नियमावली सम्बन्धी छलफल कार्यक्रम शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रादेशिक संसद सञ्चालन नियमावली सम्बन्धीको छलफलले प्रदेशको संसद सञ्चालनमा सहयोग पुग्ने बताउनुभयो ।


संविधानविद् तथा काठमाडौं स्कुल अफ ल का डिन डा. विपिन अधिकारीले प्रजातान्त्रिक प्रक्रियाबाट देशलाई अघि बढाउनका लागि छलफल कार्यक्रम फलदायी हुने बताउनुभयो ।

संसदीय अभ्यासका ज्ञाता डा. भरतराज गौतमले कार्यपत्र प्रस्तुत गर्दै नियमावलीको प्रस्तावनामा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी मुख्य मन्त्री कार्यालयका निमित्त प्रमुख सचिव कलानीधि पौड्यालले कानुन तर्जुमाका बारेमा आफ्नो धारणा राख्दै कानुन निर्माण गर्ने कुरा जटिल भएकाले ध्यान दिनुपर्ने बताउनुभयो । हतार र अध्ययन अनुसन्धान विशना कानून निर्माण गर्न नहुनेमा पौड्यालले जोड दिनुभयो । क्षेत्राधिकारको अभाव, विज्ञको अभाव, कर्मचारीमा क्षमतामा अभाव, समान बुझाइको अभाव जस्ता कारणले जति गतिमा जानुपर्नेमा त्यो गतिमा जान नसकेको बताउनुभयो ।

छलफल कार्यक्रममा कर्णाली प्रदेशका सांसदहरु कुर्मराज शाही, रातो कामी, दानसिंह परियार, सुशील थापा र सोशीला शाहीले कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा नागरिक समाजका अगुवा पीताम्बर ढकाल, समाजसेवी कुलमणि देवकोटा, टीकाराम आचार्य, पबित्रा शाही लगायतको सहभागिता रहेको थियो ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ ल को आयोजनामा सञ्चालन भएको कार्यक्रमलाई सुन्दर नेपाल संस्थाले स्थानीय सहजीकरण गरेको हो ।