Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

राजतन्त्र आवश्यक भइसक्यो : राप्रपा(प्रजातान्त्रिक) नेता शाही

पौष ७ कालिकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का कालिकोट जिल्लाका उपाध्याक्ष पटकबहादुर शाहीले नेपालमा राजतन्त्र आवश्यक रहेको बताएका छन् । शनिबार पत्रकारहरुसँगको भेटघाटमा उपाध्यक्ष शाहीले नेपालमा गणतन्त्र आएपछि भष्ट्राचार र अपराधीक क्रियाकलाप बढेका कारणले देशमा राजतन्त्रको आवश्यकता रहेको बताएका हुन् ।

विगतमा देशमा राजतन्त्र हुदाँ विकास लगाएतका अन्य कामले तिब्रता पाएको अहिले राजतन्त्र अन्त्यपछि देशमा करको अपराधिक घटनामा बृद्धि, मुल्य बृद्धि, भष्ट्राचार, बेतिथि बढ्दै गएको शाहीले बताए । ‘अहिले देश सबै भागमा बेतिथि र अपराधिक घटना भएका छन् ।’ उनले भने, ‘गाउँ गाउँमा आएका सिंहदरबारहरुले झनै जनतालाई दुःख दिने काम गरेका छन् ।’

देशमा बढेको बेरोजगारी समस्या, भष्ट्राचार अपराधिक घटना अन्त्य राजतन्त्रले मात्र नियन्त्रण गर्न सक्ने र देशमा अहिलेका धेरै राजा पाल्नुभन्दा एक जना राजा पाल्न आवश्यक भएका कारणले अब राजतन्त्र नै उत्तम बिकल्प भएको शाहीले बताए । ‘अहिले सबै प्रकार बिकृतिको अन्त्यका लागि राजतन्त्र आवश्यकता भइसक्यो ।’ उनले भने, ‘जनताले देशमा धेरै राजा पाल्न सक्दैनन् ।’

राज्य नै अहिले धर्म परिवर्तन गराउन लागि परेको हिन्दुहरुको अस्तित्व संकट पर्ने शाहीले बताए । ‘अहिलेको राज्य नै धर्म परिवर्तन गराउन लागि परेको छ ।’ उनले भने,‘यसले गर्दा अहिले हिन्दुहरुको अस्तित्व नै संकटमा परेको छ ।’

डिजिटल समाचार