Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

राहत सामाग्री हस्तान्तरण

पौष १६ सुर्खेत ।

कालीकोटको पलाँताका अग्निपीडितहरुका लागि सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा संकलन गरेको राहत सामाग्री  हस्तान्तरण गरेको छ । संघका अध्यक्ष धनबहादुर रावतसहितको टोलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १ लाख २० हजार रुपैयाँको चेक तथा करिव ३ लाख रुपैयाँ बराबरको जिन्सी सामानहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा मुख्यमन्त्री शाहीले सिंगो कर्णाली प्रदेशको आर्थिक समृद्धिसंग संगै आपतविद्मा पनि निजी र सरकारी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्भावित प्राकृति प्रकोप तथा अन्य भबितब्यका लागि प्रदेश सरकारले दरिलो कोष बनाउने योजना बनाएको जानकारी दिंदै उहाँले त्यसमा निजी क्षेत्रले मन खोलेर सहयोग गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । निजी क्षेत्र बलियो भए मात्र, प्रदेश र सिंगो देश बलियो हुने उल्लेख गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रलाई बलियो बनाउन कुनै कसर बाँकी नराखिने प्रतिवद्धतापनि जनाउनुभयो । निजी क्षेत्र धराशायी भई देश नै धराशायी हुने बताउँदै उहाँले निजी क्षेत्रलाई डण्डा लगाएर तर्साउने नभई परिपूरकका रुपमा हातेमालो र सहकार्य गर्दै समृद्धिको गन्तब्यमा पुग्नुपर्नेमा जोड दिनुभयो । थोरैपनि अभाव, कमी र असहयोग प्रदेश सरकारबाट हुँदैन, मुख्यमन्त्री शाहीले भन्नुभयो, निजी क्षेत्रको आवश्यक्ता पहिचान गर्नुहोस् प्रदेश सरकार सहयोग गर्न तयार छ । अभाव र कठिनाईको पर्याय बनेको कर्णाली प्रदेशमा निजी क्षेत्रको भूमिका र जिम्मेवारी दुबै गहन रहेको औंल्याउँदै उहाँले विगतका तिक्तता र कुविचार त्यागेर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष धनबहादुर रावतले प्राकृति प्रकोप तथा अन्य भबितब्यमा परेकाहरुको राहतका लागि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै संघले अलगै कोष सञ्चालन गरेको उल्लेख गनुृभयो । व्यवसायीहरु नाफामुखी मात्र हुँदैनन, सेवामुखी र परोपकारी हुन्छन् । अध्यक्ष रावतको भनाई छ, व्यवसायीले आप्mनो मुनाफाको निश्चित रकम समाजसेवा र परोपकारमा पनि लगाई रहेका छन । प्रदेशको आर्थिक समृद्धिका लागि उद्योग व्यवसाय मैत्री नीति नियम बनाउनुपर्ने, प्रदेशस्तरको औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउनुपर्ने, सुर्खेत नेपालगञ्ज सडक दुई लेनको बनाउनुपर्नेमा अध्यक्ष रावतले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । नीतिगत तथा भौतिक पूर्वाधार एवं संरचनाहरु प्रदेश सरकारले बनाए राष्टिय तथा अन्तर्राष्टिय लगानी भित्र्याउनका लागि संघले हरसम्भव प्रयास गर्ने उहाँको भनाई छ ।

यस्तै, संघका महासचिव लक्ष्मण कंडेलले विकासको भोक निजी क्षेत्रलाई पनि उत्तिकै रहेको भन्दै त्यसको नेतृत्व गर्न मुख्यमन्त्री शाहीलाई आग्रह गर्नुभयो । हामीपनि प्रदेशको समृद्धिका लागि आतुर छौं, उहाँले भन्नुभयो, त्यसका लागि प्रदेश सरकारसंग सहकार्य गर्न निजी क्षेर सदैव कटिवद्ध रहेको छ ।