समृद्ध कर्णाली प्रदेशको अभियान सुरु हुन्छ : मन्त्री ज्वाला
पौष १६ जुम्ला
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संघियता कार्यान्वयनको कडी रहेकाले जनप्रतिनिधिलाई जनमैत्री हुन आग्रह गर्नु भएको छ । स्थानीय तहलाई सक्षम बनाउनको लागि अधिकार दिईएकाले त्यसको भरपुर सदुपयोग गर्दे जनमैत्री काम गर्न उहाँले आग्रह गर्नु भएको हो । मन्त्री ज्वालाले समृद्ध कर्णाली प्रदेशका लागि संघीय सरकारसँग लडि रहेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशमा विकास वहसको थालनी गर्ने बताउनु भएको छ ।
कर्णाली प्रदेशमा एकै खालका आवश्यकता भएका जिल्ला पर्ने भएकोले विकास वहस अपरिहार्य भएको उहाँको भनाइ छ । स्थानीय सरकार र प्रदेश सरकारबीच योजना निर्माण, छनौट र बजेट कार्यन्वयनका लागि छलफल गर्न कालिकोट हुँदै जुम्ला पुग्नु भएका मन्त्री ज्वालाले राज्यबाट पछाडि पारिएका जिल्लाबीच समन्वय गरेर रारा, सुर्खेत र जुम्लाबाटै विकास वहस चलाउने बताउनु भएको हो । कर्णालीको विकासका लागि एकचरणको छलफल भएको भन्दै उहाँले यस क्षेत्रको गरिबी र भोकमरी अन्त्य गर्ने बताउनु भएको छ ।
केन्द्रमा सिमित रहेको शक्तिलाई विकेन्द्रिकरण गर्दे जनताको घर आगनसम्म पुराईएको बताउँदै मन्त्री ज्वालाले समृद्ध कर्णाली प्रदेशको अभियान सुर गर्ने जानकारी गराउनु भयो । उहाँका अनुसार, हुम्ला र डोल्पामा सडक पुगेको छैन, पर्यटकीय गन्तव्य रारा जाने सडक राम्रो नभएकाले यसमा सरकारको ध्यान गएको बताउनु भयो ।
साथै उहाँले भन्नुभयो, तिलामा पानी खेर गईरहेको छ, यहाँको खनिजको उपयोग हुन सकेको छैन, पर्यटनका हिसावले आनन्द लिने सम्पदा कर्णालीमा छन, तर यी सम्पदाको सदुपयोग नहुदा कर्णाली भोगमरी, अभाव र पछौटेपनका रुपमा परिचित हुन पुगको भन्दै यिनीहरुको सदुपयोग गर्दै समृद्धि सहितको आत्मनिर्भर कर्णालीका लागि विकास वहसको जरुरत रहेको बताउनु भयो । उहाँले कर्णालीमा आउने अनुदान बृद्धि गर्न र कर्णालीमा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्नको लागि संघीय सरकारसंग छलफल भईरहेको बताउनु भयो ।
अहिलेसम्म कर्णालीमा गौरवमा आयोजना नभएको भन्दै ज्वालाले भेरीबबई डाईभर्सन पनि कर्णाली सरकारको स्वामित्वमा नरहेको बताउनु भयो । उहाँले अब कर्णाली प्रदेश सरकार गौरवका आयोजना सञ्चालनका लागि विकास वहस गर्न चाहन्छ । कर्णाली सरकारले एक करोड ५० लाख बराबरको योजनालाई साना आयोजना, एक अर्व सम्मका योजनालाई मझौला आयोजना र त्यो भन्दा माथिका योजनालाई गौरवका ठूला आयोजना बनाउन थालेको उहाँले जानकारी गराउनु भयो ।
कर्णाली प्रदेशका दस बटै जिल्लामा कृषिका नमूना परियोजना चलाउने, नाग्म देखि रारा सम्मको सडकलाई सुधार गर्दै लैजाने, कर्णाली राजमार्गको सुधारमा पहल गर्ने, सुर्खेत मै जहाज राख्न लगाएर विमानस्थल भएका जिल्लामा नियमित रुपमा उडान सञ्चालन गर्ने विषयमा अघि बढेको उहाँको भनाइ छ । जुम्लाका प्रत्येक स्थानीय तहमा डिजिटल हेलिप्याड बनाउनको लागि नक्साङ्कन भईसकेको बताउँदै मन्त्री ज्वालाले भन्नुभयो सुन्दर कर्णालीलाई समृद्ध कर्णाली बनाउँछौँ, कर्णालीको परिभाषा बदल्ने अभियानमा सरकार रहेको अवगत गराउनु भयो ।
कर्णालीलाई शैक्षिक, धार्मिक, अर्गानिक, स्वास्थ्य क्षेत्रको हबका रुपमा स्थापित गर्ने सरकारको लक्ष्य रहेकोमा उहाँले जोड दिनुभयो । उहाँले अहिले स्थानीय तहमा ब्यापक रुपमा भष्ट्रचार भईरहेको गुनासो आईरहेको भन्दै अनुगमन र सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउदै लैजाने बताउनु भयो । प्रदेश सरकारले बिकासमा भ्रष्टचार नहुने नीति बनाउन लागेको भन्दै जिल्ला समन्वय समितीलाई अनुगमन गर्ने अधिकार प्रत्यायोजन गर्दे कर्णाली सरकार भष्ट्रचार प्रति निर्मम हुने बताउनु भयो ।






