Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

कर्णालीमा एक वर्ष भित्र मोडिकल कलेज संचालन हुन्छ – मन्त्री रावल

पौष १६ सुर्खेत।

आगामी एक वर्ष भित्र कर्णाली प्रदेशमा प्रदेश स्तरिय मेडिकल कलेज संचालन गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताउनु भएको छ ।

सोमवार हेल्थ असिस्टेन्ट संघ कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । स्वास्थ्य क्षेत्रमा काम गरि गाउँ बस्तीमा सेवा दिने स्वास्थकर्मिहरुलाई डाक्टर पढाउने समेत उहाँले बताउनु भयो ।

कर्मचारी समायोजनमा पनि संघको भुमिका महत्वपुर्ण रहने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक रिता भण्डारीले हेल्थ असिस्टेन्टहरुले वृद्धी र विकासलाई सरयोग पुग्ने खालको सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।

स्वास्थ्य सेवा संग सम्वाधीत सवै संघ संगठनहरु एक भएर लागेको खण्डमा मात्र सफलता हात पर्ने भण्डारीले बताउनुभयो ।अहिले नेपालको स्वास्थ्य क्षेत्रनै अस्वस्थ भएको कारणले यसको समाधान गर्न सहभागीहरुले प्रदेश सरकारलाई सुझाव समेत दिएका थिए ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्ता तथा हेल्थ असिस्टेन्ट संघ नेपाल कर्णली प्रदेशका अध्यक्ष अर्जुन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा हेल्थ असिस्टेन्ट नेपालका कार्यबाहाक अध्यक्ष दिपेन्द्र खड्का लगाएत कर्णाली प्रदेशका दश वटै जिल्लाका गरि करिव तिन सय जना हेल्थ असिस्टेन्टहरुले सहभागिता जनाएका छन् ।

फागुन २४ र २५ गते हेल्थ असिस्टेन्ट नेपाल कर्णाली प्रदेशको सम्मेलन समेत गरिने भएको छ ।