बाँसुरी बाधक ज्ञान बहादुर नेपालीलाई पितृशोक
पौष १८ सुर्खेत ।
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल, कर्णाली प्रदेश समितिका सदस्य, एक नियमित र अनवरत साधक, वरिष्ठ बांसुरी बाधक ज्ञान बहादुर नेपालीलाई पितृशोक परेको छ । उहाँका पिता चन्द्र बहादुर नेपालीको उपचारका क्रममा मेडिकल कलेज कोहोलपुरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उहाँको ७० वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि दमको रोगबाट ग्रसीत रहनु भएका चन्द्र बहादुर नेपालीलाई चिसोको समयमा रोगले निकै च्यापेको थियो । उहाँलाई उपचारको लागि कोहोलपुर स्थित मेडिकल कलेजमा चेकजाँचको क्रममा मृगौलामा समेत समस्या देखिएको थियो । उहाँको १ श्रीमति २ छोरा र ३ छोरी हुनुहुन्छ । आजै धार्मिक परम्परा अनुसार उहाँको अन्त्यष्टि गरिएको परिवारिक स्रोतले जनाएको छ ।
शोक सन्तप्त परिवारजनमा क्वीकखबर डटकम परिवार हादिक समवेदना प्रकट गर्दछ ।






