Loading... आजः १० आश्विन २०८३, शनिबार । Saturday 26th September 2026

वर्षाका चार मुक्तक

एक

त्यो न्यानो स्पर्श आहा थियो

कठिन पथ को संघर्ष आहा थियो

तिमिले दिएको भएर हो कि कुन्नी

किन किन प्यारको दर्द आहा थियो ।।

Image may contain: 1 person, selfie and closeup
बर्षा मगर

दुई

म, तिमी सबैलाई पेटमा लाग्ने भोग छ

मनमा उहीँ हजार हजार को शोक छ

हो बिक्छन यहाँ मान्छेहरु सम्पतिमा

सन्सार मा जो पैसा नै सब थोक छ ।।

तीन

प्रेमिल शब्द पस्किनेको माया मार्नै सकिन

नबोल्दिदा ठुस्किनेको माया मार्नै सकिन

रङ्गिन सपना मेरै नाममा सजाएको पो छ

मेरै यादमा झस्किनेको माया मार्नै सकिन।।

चार

दुखमा नि हास्दै गयो जिन्दगी

पिडा हरु साच्दै गयो जिन्दगी

दुनियाले जस्तो गित गाउछ

त्यस्कै लयमा नाच्दै गयो जिन्दगी ।।